: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था र प्रणाली परिवर्तनका लागि अहिलेको सरकारसँग म्याण्डेट नभएको बताएका छन्।
कोटेश्वरको एवान पार्टी प्यालेसमा आयोजना गरेको सम्पादकसँग साक्षात्कार गर्दै ओली बुधबार सरकार र जेनजीबिच भएको फजुल कागज भएको टिप्पणी गरेका हुन्।
बुधबार सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले गरेको सम्झौता पत्रलाई लिएर उनले कलाबिहीन पटाक्षेप भएको उल्लेख गरे। उनले यो सरकारलाई जनताले म्याडेन्ट नदिएकाले व्यवस्था र प्रणाली परिवर्तन गर्न नमिल्ने बताए।
उनले भने,‘यो कागज लिएर आउ भन्यो। यो यो बोल भनेको रियर्सनमा बोल्दै जाँदा पाठ बिग्रियो। त्यहि विरोध भयो त। त्यो फजुल कागज हो। कलाबिहीन नाटक हो। त्यहि विवाद भयो, अस्वीकार भयो। त्यहीँ उनीहरुले च्याते।’ ओलीले उक्त सम्झौता पत्रलाई मान्यता नदिने टिप्पणी गरे।
उनले एमालेले उतारचढाव भोगेकाले संकटको समाधान गर्न सक्षम रहेको बताए। ओलीले सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना हुने दाबी गरे।