मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ योजना सुरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ योजना सुरू

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ योजना सुरू गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्,' यो कार्ड खरिदकर्ताहरूलाईज्ञ सबै योग्य र प्रमाणित व्यक्तिहरूकोलागि नागरिकताका लागि बाटो खुलेको छ। हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन्।' ट्रम्पले 'गोल्ड कार्ड' नामक यो योजना यसवर्षको सुरूमा घोषणा गरेका थिए।


जसअन्तर्गत कम्तीमा १० लाख डलर तिर्ने धनी विदेशीहरूलाई अमेरिकी भिसा दिइनेछ। आधिकारिक वेबसाइटका अनुसार यो भिसा ती अमेरिकी भिसा ती व्यक्तिहरूलाई दिइनेछ जसले देशलाई महत्वपूर्ण लाभ दिने कुरा प्रमाणित गर्न सक्छन्।

वासिङटनले आफ्नो अध्यागमनमा कडाइ बढाइरहेको र जसमा कामदार भिसा शुल्क बढाउने र कागजातविहीन आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णय लिएपछि ट्रम्पले यो भिसा योजना ल्याएको बताइएको छ।

कर्मचारीहरूलाई प्रायोजन गर्ने व्यवसायहरूले भने २० लाख डलरसँगै अतिरिक्त शुल्क तिर्नुपर्नेछ। वेबसाइटले कार्डको 'प्लेटिनम' संस्करण पनि रहेको बताइएको छ, जसले विशेष कर छुट प्रदान गर्दछ र चाँडै नै ५० लाख डलरमा उपलब्ध हुनेछ।

फेब्रुअरीमा पहिलो पटक घोषणा भएदेखि नै गोल्ड कार्ड योजनाको आलोचना हुँदै आएको छ। केही डेमोक्रयाटहरूले यसले धनीहरूलाई अनुचित रुपमा फाइदा पुर्‍याउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम