मुख्य समाचार
नेपाल–भारत सीमा क्षेत्रमा जीर्ण र क्षतिग्रस्त भएका सीमास्तम्भको पुनर्निर्माण, मर्मत तथा पुनःस्थापनाको काम थालिएको छ
नेपाल–भारत सीमा क्षेत्रमा जीर्ण र क्षतिग्रस्त भएका सीमास्तम्भको पुनर्निर्माण, मर्मत तथा पुनःस्थापनाको काम थालिएको छ

: नेपाल–भारत सीमा क्षेत्रमा जीर्ण र क्षतिग्रस्त भएका सीमास्तम्भको पुनर्निर्माण, मर्मत तथा पुनःस्थापनाको काम थालिएको छ।


दशगजा क्षेत्रमा रहेका सीमास्तम्भ व्यवस्थित बनाउन वर्षातका कारण रोकिएको कामलाई बुधबारदेखि पुनः सक्रिय बनाइएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए। उनले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भन्टावारीको २०५ नम्बर सहायक सीमा स्तम्भबाट निर्माण र मर्मत कार्य औपचारिक रूपमा सुरु गरिएको जानकारी दिए।


सीमास्तम्भको निर्माण तथा मर्मत कार्यको सुरुवात दुवै देशका अधिकारीहरूको उपस्थितिमा गरिएको छ। सीमास्तम्भको मर्मतमा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी केशवकुमार थेबे, भारतको सुपौलका एसडीएम निरज कुमार, भारतीय सुरक्षा बल एसएसबीको ४५ बटालियनका कमाण्डेन्ट जेके शर्मा लगायत सुरक्षा अधिकारीको सहभागिता थियो।


सुनसरीको सीमा क्षेत्रमा ६१.९ किलोमिटर लामो नेपाल–भारत सीमा क्षेत्र रहेको छ। यसअन्तर्गत २९० वटा सीमास्तम्भ रहेका छन्। तीमध्ये १३३ वटा बिजोडी नम्बरका सीमास्तम्भ नेपालले र १३१ वटा जोडी नम्बरका सीमास्तम्भ भारतले मर्मत गर्नुपर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए। तर २३ वटा सीमास्तम्भ भने वर्षौंदेखि हराइरहेका छन्।

यस्तै भारततर्फका ८१ वटा सीमास्तम्भको मर्मत भारतीय सुरक्षा बल एसएसबीले पूरा गरिसकेको सशस्त्र प्रहरी बलको श्रीपुर बोडर आउटपोस्टका प्रहरी निरीक्षक सूर्य धमलाले जानकारी दिए। उनका अनुसार बाँकी स्तम्भहरूको मर्मत र पुनर्निर्माण दुवै देशका सुरक्षा निकायहरूको समन्वयमा अघि बढ्नेछ। अब नेपाली पक्षबाट पनि काम तीव्रताका साथ अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता नभएको बताएका छन्। बिहीबार गोरखामा आयोजित एकता सभामा बोल्दै श्रेष्ठले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताए। ‘प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ भनेर अहिले सर्वोच्च अदालतमा मुद्दा परेको छ। अदालतले पुनर्स्थापना गर्छ कि के गर्छ, त्यो अदालतको कुरा हो, हाम्रो कुरा होइन’, श्रेष्ठले भने, ‘अदालतले ...
। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारी तथा निजी क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय योजना आयोगले बिहीबारको मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनको क्षति विवरण प्रस्तुत गरेको छ । विवरण अनुसार सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति भएको देखिएको ...
: नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस भएका छन् । सभापति देउवा नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको बिहीबार बसेको बैठकबाट सर्वसम्मत सिफारिस भएका हुन् । नेपाली कांग्रेस डडेल्धुराको जिल्ला कार्यसमिति बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको नाम एकलरुपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी ...
: कोशी प्रदेशमा अव्यवस्थित रूपमा दौडिरहेका सीटी सफारी (ई–रिक्सा)लाई नियन्त्रण, अनुशासन र सुरक्षा दायरामा ल्याउन ‘सुरक्षित चालक’ अभियान सञ्चालनको तयारी गरिएको छ। कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशभर करिब ६० हजार हाराहारीमा सीटी सफारी छन्। यस्ता साना विद्युतीय सवारीसाधनका अधिकांश चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छैन। कानुनी दायराबाहिरै रहेर सहरी क्षेत्रमा जथाभाबी सफारी सञ्चालन ...
। जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जेनजी आन्दोलनमा भएको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । समिति संयोजक एवं राष्ट्रिय योजना आयोग सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण ...