मुख्य समाचार
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस लमजुङबाट १० जना सिफारिस
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस लमजुङबाट १० जना सिफारिस

। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस लमजुङबाट १० जना सिफारिस भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले धमाधम उम्मेदवारहरू केन्द्रमा सिफारिस गरिरहेको छ ।

लमजुङबाट वृषराज गुरुङ, यमबहादुर गुरुङ, विष्णु प्रसाद धिताल, सुबोध बाबु चिलुवाल, तुलसी नारायण श्रेष्ठ, गम प्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर, शिवराज रिमाल, शैलेन्द्र घिमिरे र राजकुमार गुरुङ छन् ।

उम्मेदवार सिफारिस भएकामध्ये गुरुङ सबैभन्दा कान्छा उम्मेदवार हुन् ।

उनी नेविसंघ केन्द्रीय सदस्य एवं किशुनजी अध्ययन केन्द्रका केन्द्रीय महासचिव पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीमप्रसाद आचार्यले भ्रष्टाचार विरुद्धको मुद्दाबाट सफाइ पाउने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता आचार्यसहित ५५ जनाविरुद्ध विशेष अअदालतमा मुद्दा दायर गरेको छ । त्यसप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘चरित्र हत्या गर्ने, बदनाम गर्ने मनसायका साथ उहाँ ( भीमप्रसाद ...
। नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गरेका हुन् । समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गर्नुभएको ...
। राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिएकी हुन् । सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा सात हजार ३४४ ...
। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा ‘जेनजीको गुरु राष्ट्र भएको बताएकी छन् । जेनजी आन्दोनकारीबीच सहमति भएपछि उनले यहाँको प्रेरणाबाट अन्य मुलुकहरूमा पनि आन्दोलन भइरहेको उल्लेख गरिन् । अन्य राष्ट्रहरूमा पनि यस्तो आन्दोलन भएकाले यहाँ भएको सम्झौतालाई समेत उनीहरुले अनुकरण गर्ने भएकाले यसलाई राम्रो बनाउन लाग्दा सहमतिमा केही ढिलाइ भएको उल्लेख गरिन् । ‘हामी २३ र २४ भदौदेखि नै ...
। हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र ...