। प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँग भएको सम्झौतालाई ऐतिहासिक रेकर्ड बनेको दाबी गरेकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ भएको हस्ताक्षर कार्यक्रमपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् ।
सो क्रममा उनले जेनजी अगुवा सुदन गुरुङलाई ‘जेठो छोरा’ भन्दै सम्बोधन गरिन् ।
‘जुन जेनजी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो । म धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘सबैलाई धन्यवाद दिन्छु । हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो उसलाई पनि धन्यवाद दिन्छु ।’
उनले गृहमन्त्री, आईजीपीसहित उपस्थित मन्त्री लगायतका नाम लिएर धन्यवाद दिइन् ।
लगत्तै केही जेनजीहरूले सरकारसँगको उक्त सम्झौता नमान्ने भन्दै आपत्ति जनाए । केहीबेर विवाद पनि भएको थियो ।
एक जेनजीले सम्झौता नै प्रधानमन्त्रीको अगाडि च्यातिदिएका थिए ।