मुख्य समाचार
कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा
कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा

। नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् ।

२०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् । ७१ वर्षीय गच्छदार आठौं पटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका हुन् ।


उनको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ हो । संसदीय राजनीतिका चतुर खेलाडी मानिने गच्छदार २०७९ को निर्वाचनमा पहिलो पटक एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए ।

गच्छदारले क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गराउन चाहेका थिए । तर, क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ ।


क्षेत्रीय समितिले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र ओम थापाको नाम सिफारिस गरेको हो । सिफारिसमा परेका दुहबीका वर्तमान मेयर गच्छदार विजयकुमारको नाताले भतिज पर्छन् ।

नेपाली कांग्रेस जिल्ला समिति सचिव विरेन्द्र साहका अनुसार क्षेत्रीय समितिको सिफारिस जिल्लामा आइसकेको छैन । क्षेत्रबाट गच्छदारको एकल नाम सिफारिसका लागि छलफल भएको बताउँदै उनले तीन जनाको नाम सिफारिस भएर आइनसकेको बताए । ‘विजयकुमार गच्छदारको एकल नाम सिफारिस गर्ने प्रयास भएको थियो, तीन जनाको नाम सिफारिस भएको मौखिक जानकारी छ, लिखित छैन,’ उनले भने, ‘भोलि जिल्ला समिति बैठक बस्दैछ, बैठकमा क्षेत्रीय समितिको सिफारिस पेश हुन्छ ।’

कांग्रेस नेता गच्छदारले २०४८ सालयता ७ वटै निर्वाचन लडेका छन् । ६ वटामा अपराजित रहेका उनले २०७९ सालमा मात्रै पराजय भोगे ।

२०४८ देखि २०७४ सम्म हुने १२ पटक मन्त्री बनेका छन् । २०४८ मा सञ्चार राज्यमन्त्री बनेका थिए । अन्तिम पटक २०७४ सालमा उपप्रधान तथा स्थानीय विकास मन्त्री बनेका थिए । त्यसता उनको राजनीति निरन्तर ओरालो यात्रामा छ ।



गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए । मधेश आन्दोलनका बेला कांग्रेस छाडेर उनी तत्कालीन मधेशी जनअधिकार फोरममा लागे । २०६४ को पहिलो संविधानसभा निर्वाचन फोरमबाटै जिते । दोस्रो संविधानसभा निर्वाचनअघि मधेशी जनअधिकार फोरम फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे ।

२०७० को दोस्रो संविधानसभामा आफ्नै नेतृत्वमा रहेको पार्टीबाट लडेर चुनाव जिते । कांग्रेस छाडेको १० वर्षपछि उनी कांग्रेसमै फर्किए ।

२०७४ सालको निर्वाचन कांग्रेसबाट जिते । यो निर्वाचनमा उनले भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका थिए । २०७४ सालको निर्वाचनमा गच्छदारले ३८ हजार ९ सय ७२ मतसहित बिजयी हुँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् । मतगणनाका क्रममा धाँधली गरेको आरोप उनीमाथि लाग्यो ।

आठौं पटक चुनावी मैदानमा उत्रने तयारी गरेका गच्छदार बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका छन् । विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा खेपिरहेका उनी केही समय भूमिगत भएर पनि बसेका थिए । २०७८ असार ३० गते १० लाख धरौटी बुझाएर छुटेपछि सामान्य राजनीतिमा फर्किएका गच्छदारले आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।

अन्य क्षेत्रबाट को–को भए सिफारिस ?

सुनसरी क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, कोशी प्रदेश महामन्त्री उमेश थापा, चन्द्रशेखर लामा, निर्मला गुरुङ, माधवबहादुर घिसिङ, रुक्मिना गौतम, विनोदकुमार राई र सन्दीप श्रेष्ठको नाम सिफारिस भएको हो ।

क्षेत्र नम्बर २ बाट राजीव कोइराला, राजीव ढुङ्गाना र सीताराम मेहताको नाम सिफारिस भएको छ । सुनसरी क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी र नवीन श्रेष्ठको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीमप्रसाद आचार्यले भ्रष्टाचार विरुद्धको मुद्दाबाट सफाइ पाउने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता आचार्यसहित ५५ जनाविरुद्ध विशेष अअदालतमा मुद्दा दायर गरेको छ । त्यसप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘चरित्र हत्या गर्ने, बदनाम गर्ने मनसायका साथ उहाँ ( भीमप्रसाद ...
। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस लमजुङबाट १० जना सिफारिस भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले धमाधम उम्मेदवारहरू केन्द्रमा सिफारिस गरिरहेको छ । लमजुङबाट वृषराज गुरुङ, यमबहादुर गुरुङ, विष्णु प्रसाद धिताल, सुबोध बाबु चिलुवाल, तुलसी नारायण श्रेष्ठ, गम प्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर, शिवराज रिमाल, शैलेन्द्र घिमिरे र राजकुमार गुरुङ छन् । उम्मेदवार सिफारिस भएकामध्ये गुरुङ सबैभन्दा ...
। नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गरेका हुन् । समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गर्नुभएको ...
। राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिएकी हुन् । सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा सात हजार ३४४ ...
। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा ‘जेनजीको गुरु राष्ट्र भएको बताएकी छन् । जेनजी आन्दोनकारीबीच सहमति भएपछि उनले यहाँको प्रेरणाबाट अन्य मुलुकहरूमा पनि आन्दोलन भइरहेको उल्लेख गरिन् । अन्य राष्ट्रहरूमा पनि यस्तो आन्दोलन भएकाले यहाँ भएको सम्झौतालाई समेत उनीहरुले अनुकरण गर्ने भएकाले यसलाई राम्रो बनाउन लाग्दा सहमतिमा केही ढिलाइ भएको उल्लेख गरिन् । ‘हामी २३ र २४ भदौदेखि नै ...