मुख्य समाचार
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन्
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन्

। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।


उनले सरकारी अस्पतालमा भएका आधारभूत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरिन् ।

आधारभूत सेवाहरू स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भए पनि जानेर वा नजानेर ठूला अस्पतालमा आउने गरेको उनको भनाइ छ ।


ठूला अस्पतालमा विशिष्ट किसिमका सेवा दिनुपर्नेमा साना आधारभूत सेवा पनि दिनुपर्ने बाध्यताले अस्पतालमा भिड बढ्ने गरेको उनले बताइन् ।

अस्पतालमा हुने भिडले स्वास्थ्यकर्मीको काममा समेत उच्च चाप हुने र औषधिको समेत अभाव हुने गरेको उनको भनाइ छ ।

उनले आम नागरिक र बीमा बोर्डमा पनि बीमाबारे बुझाइको कमी रहेको भन्दै यसबारे स्पष्ट हुन जरुरी रहेको बताइन् ।

अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुर्‍याउने भन्ने ध्येयका साथ आफूहरूअघि बढिरहेको बताइन् ।

‘हाम्रो आधारभूत सेवाहरू राम्रोसँग सञ्चालन गरौँ । बीमा चाँडै नै नेपालभित्रका हाम्रा अस्पतालहरुका समस्या र बीमा बोर्डमै पनि बुझाइको कमी र समग्र नागरिकमा यो आधारभुत बीमा तलैबाट लिने हो भन्ने बुझाइको कमीले गर्दा यो अस्पतालमा थुप्रिएको चापलाई कसरी कम गर्ने र बीमालाई कसरी लक्षित समुदायसम्म पुग्ने भन्ने हो,’ उनले भनिन् ।

लुम्बिनी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ शिशु मृत्युदर उच्च रहेको बताउँदै उनले ती क्षेत्रहरूमा अत्यधिक प्राथमकिताका साथ कार्यक्रम अघि बढाइरहेको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् । मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए । मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने ...
: अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भट्टराईसँग २५ लाख धरौटी माग गरिएको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध ...
— गत वर्ष एमाले केन्द्रीय कार्यालय दानबाट बनाउने निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि कारबाही भोगेकी स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पार्टीको महाधिवेशनमा उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेकी छन् । एमाले पदाधिकारीमा कम्तीमा ३३ प्रतिशत र अन्य कमिटीमा ४० प्रतिशत महिला सहभागिता हुनुपर्ने उनको जोड छ । उनै बिन्दा पाण्डेसँग कान्तिपुरका गंगा बीसीले महाधिवेशन केन्द्रित गरेको कुराकानी : एमालेको महाधिवेशनमा ...
: वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७६ हजार १७० पिससहित चार जनालाई वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, त्यही ठाउँका २१ वर्षीय अफजल देवान, धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय ...
: जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ। त्यसपछि जर्मनीले रुसी राजदूतलाई बोलाएको छ। जर्मन विदेश मन्त्रालयका प्रवक्ताले अगस्ट २०२४ मा हवाई ट्राफिक नियन्त्रणमा गरिएको साइबर आक्रमण रुसको सैन्य गुप्तचर निकायले गरेको बताएका छन्। प्रवक्ताले रुसले यस वर्ष फेब्रुअरीमा भएको संघीय चुनावलाई प्रभाव पार्ने र अस्थिर बनाउने प्रयास गरेको आरोप पनि ...