मुख्य समाचार
नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने
नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने

। नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।


एमाले नेता महेश बर्तौलाकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छैन । बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामनापत्र पठाउन भनिएको छ ।

एमालेको ११ औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म काठमाडौंमा सुरु हुँदैछ । जसमा एमालेले नेपालकै विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ ।


महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको उनले जानकारी दिए । बर्तौलाका अनुसार लाखौँको संख्यामा नेता/कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउनेक्रम जारी रहेको बताए ।

महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने उनले बताए ।

बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल समापन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हिउँद याम सुरु भएसँगै पूर्वी तराईका जिल्लामा मानव–हात्ती द्वन्द्व बढेको छ। हिउँद सुरु भएसँगै यस वर्ष पनि बालीनाली सखाप पार्ने तथा विभिन्न भौतिक क्षति पुर्‍याउँदै आएको हात्तीले मानवीय क्षति समेत पुर्‍याउन थालेको छ। यस क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोल निवासी ६० ...
: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दैछन्। उदघाटन समारोहस्थलमा नेता-कार्यकर्ताहरू बिहानै पुगेका छन्। उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता-कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र ...
— एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ । सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका ...
— शनिबारदेखि सुरु हुने महाधिवेशनको उद्‍घाटन कार्यक्रममा ३ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागी हुने बताए । महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको उनले जानकारी दिए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने ...
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...