मुख्य समाचार
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्ने मा
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्ने मा

। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाई हेर्न नमिल्ने मा परेको छ ।

उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको थियो । तर मुद्दाको मिसिलमा जाहेरवालाका कानुन व्यवसायी शालिकराम पौडेलको नाम वकालत नामामा समावेश भएको भन्दै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने तर्क गरेर सुनुवाइ स्थगित गरेको लामिछानेनिकट कानुन व्यवसायीले जानकारी दिए ।

उनका अनुसार न्यायाधीशले नाम लिएका व्यक्तिले जिल्ला, उच्च र सर्वोच्च कतै पनि बहसमा आएका थिएनन् । बिगो बराबरको रकम राखेर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै लामिछानेले च्च अदालतमा पुनरावेदन गरेका थिए । यसअघिको उनको मुद्दाको सुनुवाइ सार्वजनिक बिदा भएका कारण हुन सकेको थिएन ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहिबारको पेशी गत कात्तिक १३ गतेपछिको निरन्तर सरिरहेको छ ।


लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् । लामिछाने हाल नख्खु कारागारमा छन् भने छवि भैरहवा कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हिउँद याम सुरु भएसँगै पूर्वी तराईका जिल्लामा मानव–हात्ती द्वन्द्व बढेको छ। हिउँद सुरु भएसँगै यस वर्ष पनि बालीनाली सखाप पार्ने तथा विभिन्न भौतिक क्षति पुर्‍याउँदै आएको हात्तीले मानवीय क्षति समेत पुर्‍याउन थालेको छ। यस क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शनिवार बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैँचा संगम टोल निवासी ६० ...
: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दैछन्। उदघाटन समारोहस्थलमा नेता-कार्यकर्ताहरू बिहानै पुगेका छन्। उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता-कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र ...
— एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ । सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका ...
— शनिबारदेखि सुरु हुने महाधिवेशनको उद्‍घाटन कार्यक्रममा ३ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागी हुने बताए । महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको उनले जानकारी दिए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने ...
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...