मुख्य समाचार
गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार
गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार

। गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीको बुधबार उद्धार गरेको हो ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार तिवारी करिब ५० मिटर उचाइको भिरबाट त्रिशूली नदीमा खसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन भइरहेको विपद् व्यवस्थापन तालिम प्रशिक्षार्थीहरूले रिभर रन अभ्यासको क्रममा तिवारी नदीमा खसेको देखेका थिए ।
तिवारी नदीमा खसेको देख्नसाथ सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमान्डमा खटिएको गोताखोर सतिको टोलीले नदीभित्रबाट उनलाई बेहोस अवस्थामा उद्धार गरेको थापाले बताए ।
उनलाई उपचारका लागि सशस्त्र प्रहरी बल नेपाल ट्रमा सेन्टर कुरिनटारमा ल्याई आवश्यक उपचार पश्चात डिस्चार्ज गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौर महाधिवेशनको उद्घाटन गर्दैछन्। उदघाटन समारोहस्थलमा नेता-कार्यकर्ताहरू बिहानै पुगेका छन्। उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता-कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र ...
— एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ । सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका ...
— शनिबारदेखि सुरु हुने महाधिवेशनको उद्‍घाटन कार्यक्रममा ३ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागी हुने बताए । महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको उनले जानकारी दिए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने ...
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...