मुख्य समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ

। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रमा नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय सदस्यहरुलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समिति गठन गरी सक्रिय रुपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल र गाउँ समिति शीघ्र गठन गर्नेलगायतका सङ्गठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ ।’

त्यसैगरी चुनावी प्रचारप्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्य योजनाबद्ध रुपमा सञ्चालन गर्न र निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम तथा कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचारप्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय सदस्यहरुले प्रत्येक क्षेत्रको मतदाता तथ्याङक सङ्कलन, सङ्गठनको स्थिति, प्रतिस्पर्धी दलको अवस्था समेटेर नियमित रुपमा रिपोर्टिङ गर्न तथा पार्टीका उम्मेदवार सफल हुने सम्भावना उच्च रहेका क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन र रणनीतिमूलक गतिविधि सञ्चालनका लागि तथ्याङ्क सङ्कलन तथा विश्लेषणका लागि नतिजामुखी काम गर्न निर्देशन दिइएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ । सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका ...
— शनिबारदेखि सुरु हुने महाधिवेशनको उद्‍घाटन कार्यक्रममा ३ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागी हुने बताए । महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको उनले जानकारी दिए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने ...
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...