मुख्य समाचार
मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : प्रधानन्यायाधीश राउत
मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : प्रधानन्यायाधीश राउत

। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।




मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा संवेदनशील बन्दै गइरहेको उनले बताए ।

उनले मानवअधिकारमा राजननीति प्रवेश गरेमा त्यो विषाक्त हुने पनि बताए ।




‘मानवअधिकारमा राजनिति प्रवेश भयो भने वातावरण विशाक्त हुन्छ, आ–आफ्नो विचारको चश्माबाट मानवअधिकारलाई हेर्न थालियो भने यसको विश्वव्यापी सार्वभौमिकता, यसको मान्यता, महत्त्व र यसको ओजमा निसन्देह असर पुग्ने नै हुन्छ । त्यसैले निजी विचार, व्यक्तिको आस्था भन्दा माथि उठेर मानवअधिकारलाई हेर्न खोजियो भने मात्र मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन हुन सक्छ । विषाक्त राजनितिको चक्रव्यूह र चंगुलबाट मानवअधिकारलाई तपाईंहरूले अलग्याउनुपर्छ,’ उनले भने ।

उनले गत २४ भदौको जेनजी आन्दोलनको क्रममा अदालत, बार एसोसिएसन सबै जलाइएको बताए । आन्दोलनमा नेपाली जनताको इतिहास र सम्पत्ति दुवै जलेको उनको भनाइ छ । अदालत, अदालतमा भएका हजारौँ मुद्दाका मिसिलहरू जलाइए पनि अदालतले दिने न्याय र निष्ठा नजल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ । सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका ...
— शनिबारदेखि सुरु हुने महाधिवेशनको उद्‍घाटन कार्यक्रममा ३ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा तीन लाख नेता कार्यकर्ता सहभागी हुने बताए । महाधिवेशनमा विदेशबाट पाहुना आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन आग्रह गरिएको उनले जानकारी दिए । त्यसबाहेक विभिन्न १६ दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने ...
: प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो। यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...
। अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई ...