मुख्य समाचार
दशकौँदेखि जेलमा राखिएका राजनीतिक बन्दीहरू तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह
दशकौँदेखि जेलमा राखिएका राजनीतिक बन्दीहरू तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह

। ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी) ले दशकौँदेखि जेलमा राखिएका सबै भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह गरेको छ ।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा संगठनले भुटानमा अझै पनि थुनामा रहेका सबै राजबन्दीहरूको सुरक्षित र निसर्त रिहाइ सुनिश्चित गर्न दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको छ ।

जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर तथा मानव अधिकारकर्मी राम कार्कीले दशकौँदेखि भुटानी राजनीतिक बन्दीहरूले भोग्दै आएको पीडा र अन्याय दर्दनाक भएको उल्लेख गरे ।

भुटानमा १९९० को दशकको सुरुवातमा प्रजातन्त्रको समर्थनमा गरिएको शान्तिपूर्ण आन्दोलनलाई कठोर दमन गरिएको थियो, जसका क्रममा धेरैलाई गिरफ्तार गरियो । तीमध्ये धेरैलाई आजीवन कारावासको सजाय सुनाइयो । सन् २००७ मा भुटान संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रमा रूपान्तरण भएको भनिए पनि उनीहरू अझै जेलमै छन् ।


१९९१ देखि २००९ बीच दमन र सुरक्षा निकायका गतिविधिबाट जोगिनका लागि १ लाख २० हजारभन्दा बढी भुटानी नागरिक देश छोडेर पूर्वी नेपालस्थित राष्ट्र संघीय शरणार्थी संस्थ, युएनएचसीआरद्वारा व्यवस्थापन गरिएका शरणार्थी शिविरमा आश्रय लिन बाध्य भएका थिए ।

नेपाल र भुटानबीच १५ चरणसम्म भएका द्विपक्षीय वार्ताले समाधान निकाल्न नसकेपछि युएनएचसीआरकै पहलमा १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थीलाई संयुक्त राज्य अमेरिका, क्यानाडा, युके लगायत आठ मुलुकहरुमा पुनर्वास गराइएको थियो । यद्यपि अहिले पनि करिब ७ हजार भुटानी शरणार्थी पूर्वी नेपालका शिविरहरूमै छन् र आफ्नै देशमा सम्मानपूर्वक फर्किन पाउने आशामा छन् ।

जीसीआरपीपीबीका अनुसार धेरैजसो भुटानी राजबन्दीका परिवारहरू विश्वभर पुन:स्थापित भएका कारण पारिवारिक विछोड निकै लामो समयदेखि चलेकै छ र सञ्चार पनि अत्यन्त सीमित छ ।

अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को परिवार भेटघाट कार्यक्रम बन्द भएपछि त्यसको मानवीय प्रभाव अझ गम्भीर बनेको छ । वृद्ध आमाबाबु आफ्नो छोरालाई कहिले भेट्न पाइएला भनेर बाटो कुरेर बसिरहेका छन् । धेरै बालबालिकाले आफ्ना बाबुलाई जीवनभर भेट्न पाएका छैनन् र पतिपत्नीहरू दशकौँदेखि जबरजस्ती अलग बस्न बाध्य पारिएका छन् ।

कार्कीले कूटनीतिक नियोगहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, मानव अधिकार अभियन्ताहरू तथा विश्व समुदायलाई भुटानलाई सम्पूर्ण राजनीतिक बन्दीहरुलाई क्षमादान दिन प्रोत्साहित गर्न र कैदीहरूलाई परिवारसँग पुनर्मिलन गराउन दबाब दिन आग्रह गरे ।

‘यो एक गम्भीर मानवीय मुद्दा हो जसलाई अब ढिलाइ गर्न मिल्दैन,’ कार्कीले भने, ‘भुटानको लोकतान्त्रिक रूपान्तरणले दया, क्षमा र मेलमिलापको मार्ग खोल्नुपर्ने हो । अधिकार र न्यायका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउने मानिसहरूलाई जेलमा राखिरहन भुटानसँग कुनै पनि नैतिक वा कानुनी आधार छैन ।’

हाल कम्तीमा ३१ जना भुटानी मानवअधिकारकर्मीहरु भुटानका विभिन्न जेलहरूमा दीर्घ कारावास (धेरैजसो आजीवन) सजाय भोगिरहेका छन् । धेरैजना वर्षौंदेखिको बन्दी जीवन, यातना र कुपोषणका कारण दीर्घ स्वास्थ्य समस्याबाट पीडित छन् ।

भुटानले बाह्य विश्वमा ‘ग्रस न्यासनल ह्याप्पीनेस, माइन्डफुलनेस, करुणा’ जस्ता सिद्धान्तहरूको प्रचारप्रसार गर्दै आएको छ, यद्यपि आफ्नै देशमा भने अन्तर्राष्ट्रिय संस्थाहरूले पटकपटक अपिल गर्दा पनि ती आवाजहरू बेवास्ता गर्दै राजनीतिक बन्दीहरुलाई अझै थुनामै राखिरहेको छ ।

सम्पूर्ण भुटानी राजबन्दीहरूको सुरक्षित तथा तत्काल रिहाइ र तिनको परिवारसँग पुनर्मिलनका लागि वकालत गर्दै आएको जीसीआरपीपीबी सन् २०१९ मा स्थापित एक अन्तर्राष्ट्रिय मानव अधिकार संगठन हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना मचाडो नोबेल शान्ति पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन्। मारियाको सट्टामा उनकी छोरी एना कोरिना सोसाले नर्वेको ओस्लोमा यो पुरस्कार ग्रहण गरिन्। एनाले समारोहमा आफ्नी आमाले लेखेको भाषण पनि पढेर सुनाइन्। आफ्नो लिखित सन्देशमा मचाडोले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नका लागि सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले यो ...
— यूएईले संयुक्त राष्ट्र संघको २०२६ का लागि तयार पारिएको 'ग्लोबल ह्युमानिटेरियन ओभरभ्यू'लाई सहयोग गर्न ५५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। यो निर्णय यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनअनुसार गरिएको हो। यस आर्थिक सहयोगको प्रतिबद्धताले दीर्घकालीन मानवीय सेवाप्रति समर्पणलाई झल्काएको यूएईले जनाएको छ । यसले द्वन्द्व, प्राकृतिक प्रकोप तथा विभिन्न ...
— अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन् । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा पहुँच रोक्न कानूनको कार्यान्वयन बुधबारबाट सुरु भएको छ । जसअनुसार मेटा, टिकटक, युट्युबजस्ता कम्पनीहरूले लाखौँ खाता निष्क्रिय गरिसकेका छन् । प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय ...
— स्ट्रिमिङ प्लाटफर्म, नेटफ्लिक्सले वार्नर ब्रदर्स डिस्कभरीको प्रतिष्ठित फिल्म स्टुडियो र एचबीओ म्याक्ससमेत खरिद गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् । नेटफ्लिक्सले गएको शुक्रबार मात्रै ७२ अर्ब डलरमा वार्नर ब्रोज अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको थियो । वासिङ्टन डीसीमा हालै आयोजित कार्यक्रममा ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा पहिले नै ठूलो रहेको र ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रमा गरिएको ८४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८०८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियन्त्रित ...