मुख्य समाचार
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कानुनमन्त्री
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।




मन्त्री सिन्हाले संघ, प्रदेश तथा स्थानीय तह र सरोकारवालाहरूले मानव अधिकार संरक्षण र संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै त्यसमा केही कमी देखिए सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिन पनि आग्रह गरे ।

उनले मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न पनि मानव अधिकारकर्मी र नागरिक समाजका अगुवालाई आग्रह गरे ।




मन्त्री सिन्हाले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढिकरणमा पनि जोड दिएको बताए ।

उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिसहरू कार्यान्वयनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको छ । संघ, प्रदेश र स्थानीय तह तथा सरोकारवाला निकायले मानव अधिकारको संरक्षण, सम्वर्द्धनमा खेलेको भूमिका अतुलनीय रहेको छ । यसका निम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

‘मानव अधिकारको संरक्षणका लागि नेपाल सरकारले गरिरहेका प्रयासमा सहयोग गर्न र यस सन्दर्भमा देखिएका कमीकमजोरी सुधारका लागि रचनात्मक सुझावसहित सरकारसँग सहकार्य गर्न म सम्पूर्ण मानव अधिकारकर्मीहरू तथा नागरिक समाजका प्रबुद्ध व्यक्तिहरू सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने ।

मन्त्री सिन्हाले सत्य तथा निरुपण आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकार लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
‘जेनजी आन्दोलनका दोषीलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्छ, छानबिन त देखाउन मात्रै हो’
। डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय ...
। सरकारले ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेपछि लामो समयदेखि आयोजना अलपत्र पारेका निर्माण व्यवसायी सम्पर्कमा आउन थालेका छन् । शहरी विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा शहरी विकास तथा भवन निर्माण विभागले यस्तो जानकारी गराएको हो । विभागको कार्य क्षेत्रभित्र ४२ वटा ठेक्का रुग्ण छन् । त्यसमध्ये ३७ ठेक्का किन नतोड्ने भन्दै सूचना ...
। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिएका छन् । २३औँ अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर प्रचण्डले पर्वतहरूको संरक्षणमा जोड दिएका हुन् । यस दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि हामी सबैलाई नयाँ ऊर्जा र संकल्प ...
। सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन सुझाव आयोग बनाउने लगायतका विषयमा सहमति हुने भएको छ । जेनजी आन्दोलन र त्यसका मागहरूलाई संस्थागत दस्तावेजीकरण गर्नका लागि बुधबार यसबारे सम्झौता हुँदैछ । जेनजी आन्दोलनका माग के थिए र आन्दोलनपछिका अवस्थाको संक्रमणकालमा के गर्ने तथा घाइते र शहीद परिवारलाई राज्यले कसरी संरक्षण ...