मुख्य समाचार
सरकारको डरले मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार
सरकारको डरले मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार

। भेनेजुएलाकी विपक्षी नेता मारिया कोरीना मचाडो नोबेल शान्ति पुरस्कार वितरण समारोहमा उपस्थित हुन सकिनन्। मारियाको सट्टामा उनकी छोरी एना कोरिना सोसाले नर्वेको ओस्लोमा यो पुरस्कार ग्रहण गरिन्।

एनाले समारोहमा आफ्नी आमाले लेखेको भाषण पनि पढेर सुनाइन्। आफ्नो लिखित सन्देशमा मचाडोले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्नका लागि सङ्घर्ष आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले यो पुरस्कार भेनेजुएलाका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि महत्त्वपूर्ण रहेको बताइन्।


मचाडोमाथि यात्रा प्रतिबन्ध लगाइएको छ। उनी एक वर्षभन्दा बढी समयदेखि लुकेर बसिरहेकी छन्, त्यसैले उनी समयमै ओस्लो पुग्न सकिनन्। यद्यपि, नोबेल कमिटीका अनुसार मचाडो बाटोमा छिन् र रातिसम्म ओस्लो पुग्न सक्नेछिन्।

मचाडोलाई अक्टोबर १० मा भेनेजुएलामा लोकतन्त्र पुनर्स्थापित गर्ने प्रयासका लागि नोबेल शान्ति पुरस्कारका लागि छनोट गरिएको थियो। पुरस्कार लिनका लागि मचाडोकी आमा र उनका तीन छोरीहरू ओस्लो पुगेका थिए।




अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली लगायत धेरै ल्याटिन अमेरिकी नेताहरू पनि समारोहमा उपस्थित थिए।

नोबेल कमिटीले मचाडोकी छोरीलाई उनको शान्ति पुरस्कार प्रदान गरेर सम्मान गर्‍यो ।


मचाडोकी छोरी एना कोरिना सोसा


आफ्नो लिखित भाषणमा मचाडोले भेनेजुएला बिस्तारै तानाशाहीतर्फ गएको र मानिसहरूले यसलाई समयमै बुझ्न नसकेको बताइन्। उनले पूर्व राष्ट्रपति ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरोमाथि लोकतन्त्र कमजोर पारेको आरोप लगाइन्।

सन् २०२४ मा मचाडोलाई राष्ट्रपति चुनाव लड्नबाट रोकिएको थियो, जबकि उनले विपक्षी प्राइमरीमा ठूलो जीत हासिल गरेकी थिइन्। यसपछि सरकारको कारबाही बढ्दा उनी अगस्ट २०२४ देखि लुकेर बस्न थालेकी हुन्।

मचाडोले लोकतन्त्रको लडाइँका लागि सन् २०२५ नोबेल शान्ति पुरस्कारसँगै अन्य पुरस्कार र सम्मान पनि पाएकी छन् ।

सन् २०२४ मा युरोपेली संसदले उनलाई र एडमुन्डो गोन्जालेजलाई लोकतन्त्रको रक्षाका लागि यो पुरस्कार दिएको थियो ।

सोही वर्ष काउन्सिल अफ युरोपले मानव अधिकारका लागि उनको मेहनतको सम्मान गर्दै वाच्लाव हावेल मानव अधिकार पुरस्कार दिएको थियो ।

यही वर्ष जेनेभा समिट फर ह्युमन राइट्सले उनलाई र गोन्जालेजलाई करेज अवार्ड दिएको छ ।

उनले सन् २०१८ बीबीसी सम्मानमा पाएकी थिइन् । बीबीसीले उनलाई विश्वका १०० सबैभन्दा प्रभावशाली महिलाहरूमा समावेश गरेको थियो ।

मचाडो सन् २०२४ को चुनावअघि विपक्षकी राष्ट्रपति उम्मेदवार थिइन्, तर भेनेजुएला सरकारले उनको उम्मेदवारी रद्द गर्‍यो । त्यसपछि उनले अर्को पार्टीका प्रतिनिधि एडमन्डो गोन्जालेज उर्रुतियालाई समर्थन गरिन्। यसलाई अन्तर्राष्ट्रिय समर्थन पनि प्राप्त भयो।

भेनेजुएलामा मचाडो समर्थक पार्टीले स्पष्ट जित हासिल गर्‍यो, तर शासनले चुनाव परिणाम स्वीकार गरेन र सत्तामा कब्जा जमाइ रह्यो ।

मचाडो संसारमा पहिलो पटक तब चर्चामा आइन् जब उनले भेनेजुएलाका तत्कालीन राष्ट्रपतिको भाषण रोकिदिएकी थिइन्। यो घटना जनवरी १४, २०१२ को हो। चाभेज संसदमा ९ घण्टा ४५ मिनेटको भाषण दिइसकेका थिए। त्यही बेला मचाडोले चिच्याउँदै उनलाई ‘चोर’ भनिन् र मानिसहरूको जफत गरिएको सम्पत्ति फिर्ता गर्न माग गरिन्।

यसको जवाफमा चाभेजले उनी बहस गर्न योग्य नभएकोले बहस नगर्ने बताए। यो घटना देशभर चर्चाको विषय बन्यो र मचाडोलाई एक साहसी विपक्षी नेताको रूपमा स्थापित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...