मुख्य समाचार
काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा
काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा

: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।


लुम्बिनी लायन्सका लागि डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए। उनले ३४ बलमा २ छक्का प्रहार गरे। रोहित पौडेल १८ रन बनाए। सन्दीप जोरा २३ रन बनाएर बोल्ड भए। दिलिप नाथ ७ रनमा एलबीडब्ल्यू भए। निरोशन डिकवेला १४ रनमा बोल्ड भए। जे जे स्मिथ शुन्य र रुबिन ट्रम्पलमेन ५ रनमा अविजित रहे।

काठमान्डु गोर्खाजका लागि बलिङ तर्फ सन्तोष यादवले २ , करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको काठमान्डु गोर्खाजको लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । उनले १७ बलमा १ छक्का प्रहार गरे।

शीर्षक्रमका ४ ब्याटर दोहोरो अंक नबनाइ पावरप्ले भित्र नै पेभेलियन फर्किदा काठमान्डुको ब्याटिङ धरासायी बनेको थियो। पावरप्ले सकिँदा ४ विकेट गुमाउँदै २९ रन बनाएको थियो।
पाँचौं क्रममा आएका भीम सार्कीले १६ बलमा १ छक्कासहित १४ रन बनाए। जोन सिम्पसन १८ रनमा रोहित पौडेलको बलमा एलबीडब्ल्यू भए। आदिल आलम १८ रनमा शेर मल्लको बलमा बोल्ड भयो। करण केसी ९ रनमा क्याच भए। साहब आलम ४ रनमा अविजित रहे।

काठमान्डु गोर्खाजलाई सस्तैमा समेट्न लुम्बिनी लायन्सका स्पिनरको जादु चल्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए। रोहित पनि पार्टटाइम राम्रो स्पिन फाल्छन्। तीव्र रुवेन ट्रम्पलमेनले २, अभिषेश गौतमले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम