मुख्य समाचार
काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा
काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा

: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।


लुम्बिनी लायन्सका लागि डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए। उनले ३४ बलमा २ छक्का प्रहार गरे। रोहित पौडेल १८ रन बनाए। सन्दीप जोरा २३ रन बनाएर बोल्ड भए। दिलिप नाथ ७ रनमा एलबीडब्ल्यू भए। निरोशन डिकवेला १४ रनमा बोल्ड भए। जे जे स्मिथ शुन्य र रुबिन ट्रम्पलमेन ५ रनमा अविजित रहे।

काठमान्डु गोर्खाजका लागि बलिङ तर्फ सन्तोष यादवले २ , करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको काठमान्डु गोर्खाजको लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । उनले १७ बलमा १ छक्का प्रहार गरे।

शीर्षक्रमका ४ ब्याटर दोहोरो अंक नबनाइ पावरप्ले भित्र नै पेभेलियन फर्किदा काठमान्डुको ब्याटिङ धरासायी बनेको थियो। पावरप्ले सकिँदा ४ विकेट गुमाउँदै २९ रन बनाएको थियो।
पाँचौं क्रममा आएका भीम सार्कीले १६ बलमा १ छक्कासहित १४ रन बनाए। जोन सिम्पसन १८ रनमा रोहित पौडेलको बलमा एलबीडब्ल्यू भए। आदिल आलम १८ रनमा शेर मल्लको बलमा बोल्ड भयो। करण केसी ९ रनमा क्याच भए। साहब आलम ४ रनमा अविजित रहे।

काठमान्डु गोर्खाजलाई सस्तैमा समेट्न लुम्बिनी लायन्सका स्पिनरको जादु चल्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए। रोहित पनि पार्टटाइम राम्रो स्पिन फाल्छन्। तीव्र रुवेन ट्रम्पलमेनले २, अभिषेश गौतमले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...