मुख्य समाचार
परराष्ट्र मन्त्रालयले ६७ जना नयाँ अधिकृतलाई स्वागत
परराष्ट्र मन्त्रालयले ६७ जना नयाँ अधिकृतलाई स्वागत

— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए।


उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए।

सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका लागि वैदेशिक सेवा अधिकृतहरूको क्षमता, समर्पण र दृढताको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गरे।

विदेशमा रहेका नेपालीको संख्या बढ्न थालेपछि सरकारलाई छिटो र छरितो रूपमा कन्सुलर सेवा दिन चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बयानमा जानुपर्ने बताएका छन् । बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसम्त रहेका पोखरेलले सरकारले बनाएको आयोगमा बयान दिने कार्य स्वभाविक भएको बताएका हुन् । 'सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वभाविक हो। ...