मुख्य समाचार
अडानको सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न
अडानको सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न

— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् ।

विशेष प्रस्तावहरू

१. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन तथा भ्रष्टाचार विरोधी सकारात्मक एजेण्डा उठाइए पनि भदौ २४ गते देखिएको निजी तथा सार्वजनिक सम्पत्ति माथिको तोडफोड, आगजनी र आतंकपूर्ण वातावरणका कारण निजी क्षेत्र, उद्योग व्यवसायी तथा नागरिकमा सिर्जित अन्यौलता समाधान गर्दै आर्थिक जनजीविकाका विषयमा सरकारले सबैलाई आश्वस्त पानुपर्ने ।
२. २०८२ साउनदेखि अनिवार्य रूपमा लागू भएका साना तथा मझौला उद्यमका लागि लेपाल लेखामान बोर्ड लगायतका मानहरूको सन्दर्भमा बजारमा सरोकारवालाहरूको पर्याप्त तयारी नदेखिएकोले सोको कार्यान्वयनबाट उत्पन्न हुन सक्ने कठिनाइहरू नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले समाधान गर्नुपर्ने ।
३. आयकर ऐन, २०५८ को दफा ५७ अनुसार एकाघर सगोलभित्र स्वामित्व परिवर्तन (शेयर ट्रान्सफर) हुादा सम्पत्ति मूल्यांकनका आधारमा कर दायित्व सिर्जना हुने वर्तमान व्यवस्था अन्यायपूर्ण भएकाले सरकारले सो व्यवस्थामा आवश्यक संशोधन गर्नुपर्ने ।
४. लेखापरीक्षकहरूको गरिमा, समानता र पेशागत संरचना सुनिश्चित गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को संशोधन अत्यावश्यक भइसकेकाले सरकारले यस संशोधनलाई शीघ्र अघि बढाउने ।
५. वर्तमान सदस्यहरूलाई समान हैसियत प्रदान गर्ने तथा गैर–लेखापरीक्षक व्यक्तिहरूद्वारा भइरहेका अवैध लेखापरीक्षण कार्य नियन्त्रण गरी लेखा पेशालाई विधिवत् ढंगले सुरक्षित बनाउन आवश्यक पहल गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्ने ।
६. युवाहरूलाई विदेशिन बाध्य पार्ने परिस्थितिलाई न्यूनीकरण गर्दै डिजिटल लेखाङ्कन, रिपोर्टिङ, वित्तीय सेवा आउटसोर्सिङ आदिमा नेपाली युवाहरूको सहभागिता बढाउन सीपमूखी तथा रोजगारमूखी शिक्षा प्रणाली विकास गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने ।
७. स्वदेशमा पर्याप्त रोजगारी नहुनुका कारण दक्ष र शिक्षित युवा विदेशिने क्रम तीव्र हुादै गइरहेको तथा यसले दीर्घकालीन रूपमा देशको उत्पादन क्षमता र सामाजिक संरचनामा नकारात्मक असर पार्ने भएकाले जलस्रोत, जैविक कृषि, जडीबुटी, पर्यटन, सस्तो श्रमशक्ति, हस्तकलाजस्ता स्रोतहरूको व्यवस्थापन गरी उत्पादन र रोजगारी सिर्जना गर्ने दिशामा तुरुन्त पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्ने ।
८. संघीयता कार्यान्वयनपछि संघीय, प्रादेशिक तथा स्थानीय तहमा विभिन्न ऐन तथा नियमावलीहरूको निर्माण र संशोधन भइरहेको सन्दर्भमा, लेखापरीक्षण सम्बन्धी कानुनहरूमा हाम्रो हितअनुकूल ऐन तथा नियमहरू बनाउन तथा संशोधन गर्न आवश्यक पहल गर्नुपर्ने ।
९. विभिन्न नियमावली तथा निर्देशिकामा सरोकारवालासाग छलफल नगरी “चार्टर्ड एकाउन्टेन्ट” मात्र लेखिएको पाइएकाले “लेखापरीक्षक” शब्द प्रयोग गराउन नेपाल सरकारका निकायहरूसाग निरन्तर प्रभावकारी समन्वय गर्नुपर्ने ।
१०. रजिष्टर्ड लेखापरीक्षकमाथि रहेका विभेदहरू अन्त्य गर्न गरिएका प्रयासहरूबाट पर्याप्त परिणाम नआएकोले आगामी दिनमा परिणाममुखी पहल गर्नुपर्ने ।
११. रजिष्टर्ड अडिटरहरूले राष्ट्रको राजस्व संकलन र वित्तीय सुशासनमा निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई दृष्टिगत गरी नेपाल सरकारका विभिन्न निकायमा योग्य तथा सक्षम रजिष्टर्ड अडिटरहरूको मनोनयन तथा नियुक्ति सुनिश्चित गर्ने व्यवस्था मिलाउन आग्रह गर्ने ।
१२. अनुभवी तथा योग्य रजिष्टर्ड अडिटरहरूलाई “क” वर्गमा बर्ग वृद्धि हुने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने ।
१३. नेपाल सरकारले जारी गर्दै आएका तथा जारी गर्ने फारम, राष्ट्रिय परिचयपत्र लगायतका अभिलेखहरूमा रजिष्टर्ड अडिटरहरूको पेशालाई स्पष्ट उल्लेख हुने व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गर्ने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बयानमा जानुपर्ने बताएका छन् । बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसम्त रहेका पोखरेलले सरकारले बनाएको आयोगमा बयान दिने कार्य स्वभाविक भएको बताएका हुन् । 'सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वभाविक हो। ...