मुख्य समाचार
कांग्रेस नेता चन्द्र भण्डारीले पुसमा हुने १५ औं महाधिवेशनमा पार्टी सभापति पदमा उठ्ने घोषणा
कांग्रेस नेता चन्द्र भण्डारीले पुसमा हुने १५ औं महाधिवेशनमा पार्टी सभापति पदमा उठ्ने घोषणा

— कांग्रेस नेता चन्द्र भण्डारीले पुसमा हुने १५ औं महाधिवेशनमा पार्टी सभापति पदमा उठ्ने घोषणा गरेका छन् । नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति पदमा आफ्नो स्पष्ट आकांक्षा रहेको सार्वजनिक गरेका हुन् ।



नेता भण्डारीले बुधबार सामाजिक सञ्जालमा लेख्दै सभापति पदप्रतिको आकांक्षा र दृष्टिकोण पहिले नै निर्धारित रहेको स्पष्ट पारेका छन् । भण्डारी १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए ।

त्यसपछि उनी केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित नेता भण्डारीले कांग्रेसभित्र स्वच्छ छवि र प्रस्ट विचार राख्ने नेताका रूपमा लोकप्रियता बढाइरहेका छन् ।

पुस २७ देखि २९ सम्म काठमाडौंमा हुने घोषणा भएको १५ औं महाधिवेशनमा साथीहरूको जिज्ञासा र मेरो धारणा भन्दै उनले सभापतिप्रतिको आकांक्षा व्यक्त गरेका हुन् । ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित !,’ उनले लेखेका छन्, ‘तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म–जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु । साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’

कांग्रेसमा उनी शेखर कोइरालापक्ष मानिन्छन् । तर, अहिले उनले शेखर–गगन वा देउवा कुनमा पक्षमा लाग्ने भन्ने स्पष्ट पारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...