मुख्य समाचार
नेटफ्लिक्स-वार्नर ब्रोज सम्झौतामा ट्रम्पको आपत्ति
नेटफ्लिक्स-वार्नर ब्रोज सम्झौतामा ट्रम्पको आपत्ति

— स्ट्रिमिङ प्लाटफर्म, नेटफ्लिक्सले वार्नर ब्रदर्स डिस्कभरीको प्रतिष्ठित फिल्म स्टुडियो र एचबीओ म्याक्ससमेत खरिद गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् ।



नेटफ्लिक्सले गएको शुक्रबार मात्रै ७२ अर्ब डलरमा वार्नर ब्रोज अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको थियो । वासिङ्टन डीसीमा हालै आयोजित कार्यक्रममा ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा पहिले नै ठूलो रहेको र यो खरिद सम्झौतापछि थप बढ्ने भएकाले ‘समस्या हुन सक्ने’ टिप्पणी गरेको बीबीसीमा पत्रकार ओस्मन्ड सियाले लेखेका छन् ।

वार्नरले निमार्ण गरेका ‘ह्यारी पोटर’, ‘गेम अफ थ्रोन्स’, ‘लर्ड अफ द रिङ्स’जस्ता चर्चित फ्रेन्चाइजसहित दुवै कम्पनीका विशाल कन्टेन्ट लाइब्रेरी आपसमा गाभ्ने गरी नेटफ्लिक्स र वार्नर ब्रोजले सम्झौता गरेका छन् । यसलाई नियामकका रूपमा अमेरिकी कानुन मन्त्रालयअन्तर्गत रहेको प्रतिस्पर्धा प्रवर्द्धन विभागले स्वीकृति दिन भने बाँकी नै छ । विभागले पनि नेटफ्लिक्स र एचबीओ गाभिँदा स्ट्रिमिङ बजारमा एकाधिकारको वातावरण त हुँदैन भन्नेबारे प्रश्न उठाउन सक्छ ।

यो सम्झौतालाई मनोरञ्जन उद्योगकै सबैभन्दा ठूलो ‘डिल’ का रूपमा लिइएको छ । जोन एफ केनेडी सेन्टरमा आयोजित कार्यक्रममा ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा अहिले नै ‘अधिक ठूलो’ रहेको र उसले वार्नर ब्रोज पनि अधिग्रह गरे नेटफ्लिक्सकै प्रभुत्व कायम हुने आशंका व्यक्त गरेका छन् । त्यसकारण खरिद सम्झौता अनुमोदन प्रक्रियामा आफूले प्रत्यक्ष भूमिका खेल्ने उनको भनाइ छ ।

ट्रम्पको यस्तो टिप्पणीका कारण यो प्रक्रिया ‘प्राविधिक विश्लेषणभन्दा व्हाइट हाउसबाट निर्देशित हुने’ शंका बढेको अमेरिकी विश्लेषकहरूले औँल्याएका छन् । नेटफ्लिक्सले कमकास्ट र प्यारामाउन्ट स्काइडान्सलाई उछिनेर वार्नर ब्रोजसँग खरिद सम्झौता गर्न सफल भएको हो ।


यसअघि प्यारामाउन्ट स्काइडान्सका प्रमुख डेभिड एलिसनले पनि वार्नर किन्न खोजेका थिए । एलिसनका पिता ल्यारी एलिसन ट्रम्पका घनिष्ठ मित्र भएकाले नेटफ्लिक्स र वार्नरको मर्जर ट्रम्पले अस्विकार गरेर एलिसनलाई सघाउनसक्ने अड्कबाजी पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम