— सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्नबहाली भएसँगै हितेन्द्रदेव शाक्यले आफ्नो कार्यभार सम्हालेका छन् । उनले पदभार सम्हालेसँगै आफूले पुर्णक्षतामा काम गर्ने बताएका छन् ।
'ऊर्जामन्त्रीज्यू ढुक्क भए हुन्छ, पूर्ण क्षमताले काम गर्छु,' उनले भने, 'डर र त्रासमा होइन । शुभेच्छा लिएर अघि बढ्छु । '
विगतमा सिकेका कुरा लागू गर्न पाउने उनले बताए । 'ऊर्जामन्त्रीज्यू पनि यहि संस्थाबाट जानू भएको छ, ऊर्जा क्षेत्रमा हाम्रो बुझाइमा समानता छ,' उनले भने ।
ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा शाक्यलाई गत असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो ।