: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पछिल्लो एकदिवसीय वरीयतामाभारतीय स्टार क्रिकेटर विराट कोहली दोस्रो स्थानमा उक्लिएका छन्। यसअघि उनी चौथो स्थानमा रहेका थिए।
आईसीसीले बुधबार सबै ढाँचाका लागि पछिल्लो वरीयता जारी गर्यो। रोहित शर्मा ७८१ अंकका साथ एकदिवसीयमा शीर्ष स्थानमा कायमै छन् भने विराट कोहलीको ७७३ अंकसहित दोस्रो स्थानमा छन्।
यी दुई बाहेक कप्तान शुभमन गिल ७२३ अंकका साथ पाँचौं स्थानमा छन्।
दक्षिण अफ्रिकाविरुद्धको हालैको तीन खेलको शृङ्खलामा विराट कोहलीले दुई शतक र एक अर्धशतक बनाए। उनले शृङ्खलामा कुल ३०२ रन बनाए। उनको प्रदर्शनका लागि उनलाई प्लेयर अफ द सिरिजको अवार्ड प्रदान गरियो।
भारतले शृङ्खला २-१ ले जित्यो। भारत र दक्षिण अफ्रिकाबीच हाल पाँच खेलको टी-२० शृङ्खला चलिरहेको छ। यसमा भारत १-० ले अगाडि छ।