मुख्य समाचार
इलाममा भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १५ जना पक्राउ
इलाममा भदौ २४ को प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न १५ जना पक्राउ

— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।



तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् ।

इलाम प्रहरीका अनुसार इलाम–७ का ५२ वर्षीय कमलकुमार साह हलुवाई, इलाम–६ का २९ वर्षीय विशाल नोभाङ, इलाम–७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम–९ का ३९ वर्षीय होमबहादुर खवास, फाकफोकथुम–३ का २३ वर्षीय आदर्श राई, इलाम–४ का ३६ वर्षीय यादव तिवारी, इलाम–६ का ३० वर्षीय अर्जुन त्रिखत्री, सन्दकपुर–२ की २५ वर्षीया अन्जु राई, इलाम–१ का ३० वर्षीय सागर संग्रौला रहेका छन् ।

यसैगरी, ताप्लेजुङ मिक्वाखोला–२ का ३२ वर्षीय तेजकुमार विक, इलाम–१२ का २८ वर्षीय अनिश राई, इलाम–५ का २३ वर्षीय मोहनकुमार लिम्बू, झापा पृथ्वीनगर घर भई इलाम–५ बस्ने ४३ वर्षीय सुरज गुरुङ र इलाम–९ का ३६ वर्षीय सविन राई पनि पक्राउ परेका छन् ।

उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेका सबैलाई अदालत हाजिर गराई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।


गत भदौ २४ गते इलामका विभिन्न सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी बिट, सवारी साधन आदीमा तोडफोड र आगजनी हुनका साथै थुप्रै सामान लुटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ । २५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’ बेलिब्रिज निर्माणका लागि आजैबाट टोली ...
। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिकाको लोक्पास्थित सर्दिभिरमा रहेको क्यान्टिलिभर पुल बगेको छ। चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले क्यान्टिलिभर पुल बगाएसँगै तल्लो चुम क्षेत्रमा आउजाउ ठप्प भएको छ। ‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि उहिल्यैबाट पहिल्याएर काठको भर्‍याङ र डोरी ...
। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाँध निर्माणस्थलमा विपद् नमुना अभ्यास सम्पत्र गरेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत आपत्कालीन प्रतिकार्य उपयोजनाबमोजिम सञ्चालन गरिएको अभ्यासमा प्याकेज- १ (हेडवर्क्स) र प्याकेज-२ (मुख्य सुरुङ, विद्युतगृहलगायतका संरचना तथा सम्बन्धित उपकरणहरू)मा कार्यरत ...
। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् । उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’ नेपाली कांग्रेसका पूर्वसभापति समेत ...