: फागुन २१ मा हुने निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस भएको छ।
उम्मेदवार सिफारिसका लागि नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका-७ का रानाको नाम सर्वसम्मत सिफारिस गरेको सचिव सन्तोष कुमार थापाले बताए।
क्षेत्रीय सभापति झमन राजमगरको सभापतित्वमा रम्भा गाउँपालिकाको ताहुमा बसेको उम्मेदवार छनौट समितिको बैठकले प्रत्यक्षतर्फ रानालाई र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारको नाम छनौट गरी उम्मेदवारका लागि सिफारिस गरेको हो।