मुख्य समाचार
मन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता
मन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता

— ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरुको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो ।



ऊर्जा तथा जलस्रोत क्षेत्रका द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट सुख्खायामा नेपालतर्फ पानी पठाउने, भारतीय सरकारी कम्पनीबाट निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृति, हिउँदयामका महिनामा विद्युत् आयातलगायतका विषयमा भेटमा छलफल भएको थियो ।

मन्त्री घिसिङले हिउँदयामका केही महिनामा नेपालमा आवश्यक पर्ने निश्चित परिमाणको विद्युत् आयात गर्न पुसको दोस्रो हप्ताभित्रसम्मका लागि मात्र स्वीकृति पाएकाले त्यसपछि केही महिनामा पनि २४सै घण्टा आयात गर्न पाउने व्यवस्था गरिदिन आग्रह गरे ।

भारतको प्रतिस्पर्धी डेअहेड र वास्तविक समय (रियल टाइम) मार्केटमा विद्युत् निर्यात गर्दा हरेक वर्ष स्वीकृति लिनुपर्ने प्रक्रियालाई एक पटक स्वीकृति लिएपछि पुनः लिनु नपर्ने व्यवस्था गरिदिन आग्रह गरे । भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ थप २० मेगावाट विद्युत पठाउन सकिने देखिएकाले त्यसका लागि आवश्यक सहमति उपलब्ध गराइदिन घिसिङले आग्रह गरे ।

तल्लो अरुण र अरुण तेस्रोमा वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या समाधानका लागि मन्त्रालय र लगानी बोर्डकातर्फबाट आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गर्दै उनले प्रसारण लाइन निर्माणका लागि भारतको निर्यात–आयात (एक्जिम) बैंकको लाइन अफ क्रेडिटबाट थप सहायता उपलब्ध गराउन आग्रह गरे ।

अतिरिक्त सचिव मुनु महावरले भारतका कम्पनीले नेपालमा निर्माण गरिरहेका जलविद्युत् आयोजनाले बेहोरिरहेका समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरे । उनले भारत–नेपालबीचको विद्युत् व्यापार र प्रसारण पूर्वाधार विस्तार क्रमिक रुपमा नयाँ चरणमा प्रवेश गरेर ठूलो सफलता हासिल भइरहको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...
— ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा चिनियाँ नागरिक ...
: फागुन २१ मा हुने निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस भएको छ। उम्मेदवार सिफारिसका लागि नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका-७ का रानाको नाम सर्वसम्मत सिफारिस गरेको सचिव सन्तोष कुमार थापाले बताए। क्षेत्रीय सभापति झमन राजमगरको सभापतित्वमा रम्भा गाउँपालिकाको ताहुमा बसेको ...
— नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डेस्क प्रमुख) मुनु महावारले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । महावार आइतबार नेपाल आएका हुन् । जेन–जी आन्दोलनपछि भारतबाट औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिने उनी पहिलो भारतीय वरिष्ठ अधिकारी हुन् । जबकि ...
: आफ्नै बुबाको हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्। प्रहरीले २७ वर्षीया तिर्सना रामजाली मगरलाई सोमबार पक्राउ गरेको हो। दैलेखको नौमूले गाउँपालिका–५ गजमाली बस्ने ६५ वर्षीय धनबहादुर रामजाली मगरलाई छोरीले दाउराको चिर्पटले हिर्काएर हत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार धनबहादुरका छोरी २७ वर्षीया तिर्सना ...