मुख्य समाचार
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

:खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख थापासमेत ६ जना र जयकाली ड्रिलिङ्गस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो माग गरिएको हो।


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख थापा,तत्कालीन इन्जिनियर बसन्त कुमार दुलाल,तत्कालीन अधिकृत छैटौं माधव प्रसाद तिमिल्सेना,तत्कालीन सब-इन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टविरुद्ध आरोप पत्र दायर भएको हो।

जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र सोका प्रबन्ध निर्देशक शेखर शर्मालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।

डिप ट्युबवेल निर्माणमा थापासहित ६ जनाको मिलेमतोमा कार्यालयलाई ११ लाख ११ हजार ८४४ रुपैयाँ हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कसूर गरेको उनीहरूमाथि आरोप छ।

उनीहरूविरुद्ध जनही सोही रकम बराबरको बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...
— ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा चिनियाँ नागरिक ...
: फागुन २१ मा हुने निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस भएको छ। उम्मेदवार सिफारिसका लागि नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका-७ का रानाको नाम सर्वसम्मत सिफारिस गरेको सचिव सन्तोष कुमार थापाले बताए। क्षेत्रीय सभापति झमन राजमगरको सभापतित्वमा रम्भा गाउँपालिकाको ताहुमा बसेको ...