मुख्य समाचार
हङकङमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६० जना पुगेको छ
हङकङमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६० जना पुगेको छ

— हङकङमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६० जना पुगेको छ । मंगलबार प्रहरीले एक अतिरिक्त शवको पहिचान भएपछि मृतक संख्या बढेको पुष्टि गरेको हो । यस घटनामा अझै ६ जना बेपत्ता रहेका छन् ।



गत महिनाको अन्त्यतिर आवासीय भवनमा लागेको आगलागी १९८० यताकै विश्वकै सबैभन्दा घातक आवासीय भवन आगलागी ठहरिएको छ । प्रभावित भवनहरूमा गरिएको खोजतलास सकिएपछि अधिकारीहरूले अघिल्लो हप्ता १५९ जनाको मृत्यु भएको बताएका थिए ।

प्रहरी आयुक्त जो चाउका अनुसार, पहिले संकलन गरिएको एउटा अवशेषमा थप परीक्षण हुँदा त्यसमा दुई व्यक्तिका अवशेष रहेको पुष्टि भएपछि मृतक संख्या १६० पुगेको हो ।

१६० मृतकमध्ये १२० जनाको पहिचान डीएनए तथा फिंगरप्रिन्ट परीक्षणमार्फत भइसकेको छ ।

बाँसको बाहिरी संरचनाले ढाकिएका भवनहरूमा आगो अत्यधिक तीव्र गतिमा फैलिएको थियो ।

प्रहरीको क्याजुअल्टी इन्क्वायरी युनिट प्रमुख त्साङ शुक–यिनका अनुसार ६ जना अझै बेपत्ता छन् ।

हङकङका प्रमुख कार्यकारी जोन लीले यस घटनाबारे छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनले रूसलाई भूमि सुम्पिने सम्झौता गर्नबाट बच्न खोज्दै ह्वाइट हाउसलाई संशोधित शान्ति योजना प्रस्तुत गर्ने तयारी गरिरहेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि भूमि सुम्पिने कुरा अस्वीकार गरेपछि किभले विकल्पहरू प्रस्ताव गर्ने तयारी गरेको हो । उनले युक्रेनी वा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत त्यसो गर्ने अधिकार नभएको पनि जनाएका छन् । उनको टोलीले चाँडै नै अमेरिकीहरूलाई नयाँ प्रस्ताव पठाउन ...
: थाइल्याण्ड र कम्बोडियाबीच सोमबार राति पनि लडाइँ जारी रह्यो। कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सोमबार र मंगलबार मध्यरातपछि थाई सेनाले सीमा नजिकै रहेको बान्टेय मिन्चे प्रान्तमा गोलीबारी गरेको थियो। कम्बोडियाको रक्षा मन्त्रालयले घटनामा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको जनाएको छ। सोमबार थाइल्याण्डले आफ्ना एक सैनिकको मृत्यु भएको बताएपछि दुई देशबीचको पछिल्लो झडपमा मृत्यु ...
— अबको ५ वर्षमा भोकमरी अन्त्य गर्ने गरी ‘जिरो हंगर’ लक्ष्य लिइएको भए पनि नेपालमा पछिल्लो एक वर्षमा भोकमरीको वृद्धिदर थप बढेको देखिन्छ । विश्व भोकमरी सूचकांक २०२५ प्रतिवेदनअनुसार नेपालमा भोकमरीको स्थिति र बाल पुड्कोपनाको दर बढेको हो । यसले खाद्य तथा पोषण सुरक्षाको प्रगति कमजोर रहेको देखाउने मात्र नभई अवस्था यस्तै रहे २०३० भित्र दिगो विकासको ‘जिरो ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप लगाएका छन् । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच मियामीमा तीन दिन चलेको वार्ता शनिबार सम्पन्न भएको थियो । वार्तापछि ट्रम्पले शान्ति प्रस्तावमा हस्ताक्षर गर्नका लागि जेलेन्स्की तयार रहेको बताए । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि लागि निकै मेहिनत गरेको भएपनि जेलेन्स्कीले यसमा ...
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...