मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता

: गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ।


भेटका क्रममा गृहमन्त्री अर्याल र महावरबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। छलफलका क्रममा महावरले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न भारतको पूर्ण सहयोग रहने बताए। निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधन र सुरक्षा निकायलाई आवश्यक पर्ने बन्दोबस्त सामग्रीका सुनिश्चितता गर्नेबारे पनि अतिरिक्त सचिव महावरले प्रतिबद्धता व्यक्त गरे।


यसैगरी भेटमा महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विभिन्न विपदबाट क्षति भएका संरचनाहरूको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

भैरहवामा निर्माण हुँदै गरेको एकीकृत जाँच चौकीको निर्माण र नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न सघाउने उनले बताए। यस्तै भेटमा अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तो समेत दिएका थिए।

भेटकै क्रममा गृहमन्त्री मन्त्री अर्यालले दोधारा-चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको कामलाई पनि तीव्रता दिनुपर्नेमा चासो व्यक्त गरेका थिए। गृहमन्त्री अर्यालले सरकार सुशासन,कानुन कार्यान्वयन, सेवा प्रवाह र जनताको अमन चयन र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताए ।

सीमा क्षेत्रमा हुने अपराध,चोरी डकैती,अवैध वस्तु व्यापारको ओसारपसारमा नियन्त्रण र आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि दुवै पक्षका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि गर्ने, काउन्टर पार्टहरूमा सूचना आदानप्रदान प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

यस्तै मन्त्री अर्यालले काभ्रेको पनौतीमा बन्दै गरेको नेपाल प्रहरी प्रतिष्ठानको निर्माण कार्यलाई दुवै पक्षबाट तीव्रता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विशेष अदालतले पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो। त्यस्तै निर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटी माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र ...
— फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-२ मा ६ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसमितिले सुर्खेत-२ का लागि ६ जनाको नाम अघि सारिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए । उनका अनुसार सिफारिस हुनेमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र बसन्ती बस्नेत छन् । यस्तै समानुपातिकतर्फ गंगा ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ९३ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेस गर्न सूचना जारी गरेको थियो। अन्तिम दिनसम्म एकल र छुट्टाछुट्टै चुनावमा ...
— नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुला साएद मुवारक जर्वान अल सम्सीले नेपालको जल संरक्षणमा यूएई सहयोग गर्न तयार भएको बताएका छन् । ‘नेपालसँग हातेमालो गर्दै जलको संरक्षण, विपद्–व्यवस्थापन र समृद्धिको यात्रामा सहयोग गर्न यूएई प्रतिबद्ध छ,’ मंगलबार यूएई दूतावासद्वारा आयोजित जल संरक्षणसम्बन्धी नीति सवांदलाई सम्बोधन गर्दै उनले भने,‘ विश्वभर बढ्दो जल संकट, जलस्रोतको ...
: आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पर्साका चारवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फका लागि सिफारिस गरेका प्रायः सबै उम्मेदवार पुराना अनुहारका छन्। पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंगटाको एकल नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको छ। रुंगटालाई कांग्रेस दोस्रो संविधानसभा निर्वाचनमा ...