— फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले क्षेत्र नं १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको नेपाली कांग्रेसको क्षेत्र नं १ को बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ जना, समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति दिनेश लामाले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थबहादुर पसखल, विदुर बस्नेत र रसिला खनाल सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ हर्षजित लामा, ललिता किङरिङ, हरिबहादुर बल, मिरा नेपाली, उद्धव कोइराला, बाबुराम गिरी सिफारिस गरिएको उनले बताए ।
राष्ट्रिय सभा सदस्यका लागि इन्द्रमणि अधिकारी र ईश्वरी प्रसाद ओझा सिफारिस गरिएको छ ।