मुख्य समाचार
भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्यरुपमा सम्पन्न
भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्यरुपमा सम्पन्न

: नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्यरुपमा सम्पन्न भएको छ।

सोमबार आयोजित यस महोत्सवले विशेषगरी दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्नुको साथै दुई मुलुकबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर,भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा तथा भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा.राकेश पाण्डेले संयुक्तरूपमागरेका थिए।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि,शिक्षाविद्,वरिष्ठ भिक्षुहरू,लुम्बिनी विकास कोषका सदस्यहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रममा भारत र नेपालका चर्चित कलाकारहरूको सांस्कृति प्रस्तुतिसहित कार्यक्रम प्रस्तुत गरिएको थियो।

सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा छ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित ओडिसी नृत्य प्रस्तुत गरेको थियो। साँझमा नेपाली ब्यान्ड 'घुगु मुगु' द्वारा परम्परागत संगीत प्रस्तुति पनि समावेश थियो।

महोत्सवको एक अंशको रूपमा सोही दिन लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया-नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी” शीर्षकको एक शैक्षिक गोष्ठी आयोजना गरिएको थियो ।

गोष्ठीमा दुवै देशका प्रतिष्ठित बौद्ध विद्वानहरूले दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्न र जनता-जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न बौद्ध सम्पदाको महत्त्वबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रमले दुई राष्ट्रबीचको सांस्कृतिक र ऐतिहासिक बन्धनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डेस्क प्रमुख) मुनु महावारले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । महावार आइतबार नेपाल आएका हुन् । जेन–जी आन्दोलनपछि भारतबाट औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिने उनी पहिलो भारतीय वरिष्ठ अधिकारी हुन् । जबकि ...
: आफ्नै बुबाको हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्। प्रहरीले २७ वर्षीया तिर्सना रामजाली मगरलाई सोमबार पक्राउ गरेको हो। दैलेखको नौमूले गाउँपालिका–५ गजमाली बस्ने ६५ वर्षीय धनबहादुर रामजाली मगरलाई छोरीले दाउराको चिर्पटले हिर्काएर हत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार धनबहादुरका छोरी २७ वर्षीया तिर्सना ...
— चिनियाँ नाका रोङजियाबाट लामाबगर हुँदै भएका सुन तस्करीमा अन्तरदेशीय आपराधिक गिरोह संलग्न भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र दोलखा प्रहरीले मंगलबार चरिकोटमा संयुक्त रूपमा सार्वजनिक गरेको सुन तस्करीको प्रतिवेदनमा उक्त तथ्य सार्वजनिक गरेको हो । प्रहरीले डेढ महिनादेख अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरूले ठूलो मात्रामा विदेशी मुद्राको पनि ...
: विशेष अदालतले पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो। त्यस्तै निर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटी माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र ...
— फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-२ मा ६ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसमितिले सुर्खेत-२ का लागि ६ जनाको नाम अघि सारिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए । उनका अनुसार सिफारिस हुनेमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र बसन्ती बस्नेत छन् । यस्तै समानुपातिकतर्फ गंगा ...