मुख्य समाचार
गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन
गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन

: गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी रहेका थिए।


दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए। नेपालको राज्यप्रणालीका साथै दोषीलाई अन्तर्राष्ट्रिय रूपमा घेराबन्दी गर्ने उनले बताए।

गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे।

उनले जेनजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचार विरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमितता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे। पर्दा पछाडि बसेर राज्य र नेताहरूलाई समेत नचाउने तत्वहरू पहिचान भइसकेको उनले बताए।

गृहमन्त्री अर्यालले जेनजी म्याण्डेड अनुसार सरकार अघि बढेको भन्दै जेनजी सहिद र घाइतेहरूको पक्षमा सरकारले काम गर्ने धारणा राखे। सरकारले जेनजी आन्दोलनका ४५ जना सहिदहरूलाई जेनजी सुशासन योद्धाका रुपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ भने जिल्लास्तरीय शहीद सूचीमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डेस्क प्रमुख) मुनु महावारले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । महावार आइतबार नेपाल आएका हुन् । जेन–जी आन्दोलनपछि भारतबाट औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिने उनी पहिलो भारतीय वरिष्ठ अधिकारी हुन् । जबकि ...
: आफ्नै बुबाको हत्या गरेको आरोपमा एक छोरी पक्राउ परेकी छन्। प्रहरीले २७ वर्षीया तिर्सना रामजाली मगरलाई सोमबार पक्राउ गरेको हो। दैलेखको नौमूले गाउँपालिका–५ गजमाली बस्ने ६५ वर्षीय धनबहादुर रामजाली मगरलाई छोरीले दाउराको चिर्पटले हिर्काएर हत्या गरेकी हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार धनबहादुरका छोरी २७ वर्षीया तिर्सना ...
— चिनियाँ नाका रोङजियाबाट लामाबगर हुँदै भएका सुन तस्करीमा अन्तरदेशीय आपराधिक गिरोह संलग्न भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र दोलखा प्रहरीले मंगलबार चरिकोटमा संयुक्त रूपमा सार्वजनिक गरेको सुन तस्करीको प्रतिवेदनमा उक्त तथ्य सार्वजनिक गरेको हो । प्रहरीले डेढ महिनादेख अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरूले ठूलो मात्रामा विदेशी मुद्राको पनि ...
: विशेष अदालतले पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो। त्यस्तै निर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटी माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र ...
— फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-२ मा ६ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसमितिले सुर्खेत-२ का लागि ६ जनाको नाम अघि सारिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए । उनका अनुसार सिफारिस हुनेमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र बसन्ती बस्नेत छन् । यस्तै समानुपातिकतर्फ गंगा ...