मुख्य समाचार
खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रोक
खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रोक

— खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रोक लगाएको छ । त्यति मात्र नभई बजारमा गइसकेको हकमा फिर्ता(रिकल) गराउन पनि विभागले निर्देशन दिएको छ ।



विभागले बजारमा रहेका अन्य कम्पनीका पफलाई समेत अनुसन्धान प्रक्रियामा ल्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

‘विभागले अन्य उद्योगले उत्पादन गरेको पफको हकमा परीक्षण प्रक्रिया अघि बढाएको छ,’ डा. शर्माले भनिन्, ‘मापदण्डअनुसार पफ बनेको छ कि छैन भन्ने विषयमा कार्यालयले आफ्नो प्रक्रियाअनुसार खाद्य निरीक्षकहरूलाई निर्देशन दिएको छ ।’

डा. शर्माका अनुसार बजार अनुगमन र उद्योगबाट संकलन गरिएको खजुरीको नेपाल प्रालिको ब्याच B1–3A र B1–5A का पफमा ट्रान्सफ्याटको मात्रा अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट तत्काल बिक्री–वितरण नगरी फिर्ता लिन निर्देशन दिइएको हो । उनका अनुसार पफमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा कम हुनुपर्नेमा बढी देखिएको छ ।

कानुनअनुसार कुनै खाद्य पदार्थ तोकिएको स्वच्छता, गुणस्तर वा मापदण्डअनुसार नभएको वा मानव उपभोगका लागि सुरक्षित नभएको खण्डमा त्यस्तो खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न मिल्ने व्यवस्था छ । त्यसको विवरण ७ दिनभित्र पेश गर्नुपर्ने पनि व्यवस्था छ ।

सो पफमा उपभोगयोग्य फ्याट प्रयोग गरिएको हो कि होइन भन्ने विषयमा समेत विभागले प्रश्न उठाएको छ । डा. शर्माका अनुसार पफ बनाउँदा कस्तो प्रकारको बटर प्रयोग गरिएको हो भन्नेबारे पनि कार्यालयले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा दूधबाट बन्ने बटर नभई बेकरीमा प्रयोग हुने बटर प्रयोग भएको देखिएको छ । विभागले समस्या देखिएका पफ पूर्णरूपमा नष्ट गर्नुपर्ने बताएको छ ।

खजुरीको नेपाल प्रालिले भने आफ्नो उत्पादन पूर्ण रूपमा हानिकारक नभएको र दुई ब्याचका पफमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरसम्बन्धी केही कमजोरी औँल्याएकाले ती पफहरू तत्काल बजारबाट फिर्ता लिइरहेको जनाएको छ । कम्पनीले उत्पादनको सिलसिलामा कहिलेकाहीँ यस्ता त्रुटिहरू विश्वव्यापी रूपमा हुने गरेको भन्दै उल्लेखित ब्याच B1–3A र B1–5A बाहेक बजारमा रहेका उत्पादनहरू उच्च गुणस्तरयुक्त रहेको दाबी गरेको छ । खजुरीको नेपालले तीन दशकदेखि विभिन्न खाद्य पदार्थ उत्पादन गर्दै आएको छ ।


के हो ट्रान्स फ्याट ?

ट्रान्स फ्याट अर्थात् ट्रान्स फ्याटी एसिड सबैभन्दा खतरनाक किसिमको बोसो हो । यसले शरीरमा थुप्रै प्रतिकूल प्रभाव पार्छ । यसले लाभदायक बोसोको मात्रा घटाइदिन्छ । तारिएको फास्ट फुड, बेकरी उत्पादन, क्रयाकर, मार्जरिन, प्याक गरिएको खाद्य पदार्थहरू ट्रान्सफ्याटका स्रोत हुन् । रेडी टु युज/इन्स्टेन्ट मिक्समा ट्रान्सफ्याटको मात्रा धेरै बढी हुन्छ ।

ट्रान्सफ्याट स्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक मानिन्छ । ट्रान्सफ्याट अत्यधिक हानिकारक चिल्लो पदार्थ हो । तोकिएको सीमाभन्दा बढी मात्रा सेवन गर्दा रगत नली र मुटुको धमनिमा जमेपछि विस्तारै अवरोध सिर्जना हुने जोखिम उच्च हुन्छ ।

डा. शर्माका अनुसार ट्रान्स फ्याटले कोलेस्ट्रोल असन्तुलन गराउने, मुटुसम्बन्धी रोगको जोखिम बढाउने, दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न गर्नेदेखि हर्ट–अट्याकसम्म हुन सक्ने सम्भावना रहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भौतिक पूर्वाधार तथा यातायात,शहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले त्यस्ता ठेक्कामा भने कुनै कारवाही नगरेको बताउँदै मन्त्री घिसिङले छानविन गरिने उनको भनाइ ...
— १८ वटा दल र समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी अहिले प्रदेश प्रदेशमा सभा गर्दै हिँडिरहेको छ । तर एकता घोषणाको एक महिनासम्म पार्टीको नेतृत्व र संगठनको प्रारूपबारे पार्टीले निश्चित बाटो तय गर्न सकेको छैन । किनभने पार्टीमा यति धेरै शीर्ष नेताको लर्को छ कि कसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नै पार्टीका लागि टाउको ...
: गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ। भेटका क्रममा गृहमन्त्री अर्याल र महावरबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। छलफलका क्रममा महावरले प्रतिनिधि सभा ...
— फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले क्षेत्र नं १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेसको क्षेत्र नं १ को बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ जना, समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्र नं १ का ...
: नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्यरुपमा सम्पन्न भएको छ। सोमबार आयोजित यस महोत्सवले विशेषगरी दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्नुको साथै दुई मुलुकबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर,भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव ...