मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग

— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण गराएको छ ।



मंगलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए । यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ ।

उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराए ।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिए । उनले भने, 'नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस् । चुनावमा हतार नगरौँ । यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ। भेटका क्रममा गृहमन्त्री अर्याल र महावरबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। छलफलका क्रममा महावरले प्रतिनिधि सभा ...
— फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले क्षेत्र नं १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेसको क्षेत्र नं १ को बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ जना, समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्र नं १ का ...
: नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्यरुपमा सम्पन्न भएको छ। सोमबार आयोजित यस महोत्सवले विशेषगरी दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्नुको साथै दुई मुलुकबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर,भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव ...
— आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र ४ बाट कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ । थापाले सर्लाहीबाट चुनाव नलड्ने उद्घोष गरे पनि उनको नाम सिफारिस गरिएको हो । क्षेत्र नं. ४ को बैठकले भने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ पार्टीका महामन्त्री गगनकुमार थापा र अहिले प्रदेशसभा सदस्य रहेका वीरन्द्रप्रसाद ...
ऊर्जामन्त्री कुलमानमाथि नैतिक प्रश्न