मुख्य समाचार
जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न आदेश
जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न आदेश

— काठमाडौं जिल्ला अदालतले तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरूद्ध लिखतसम्बन्धी कसुर र लागुऔषधको कसुरमा मुद्दा दर्ता भएको थियो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखतसम्बन्धी कसुरमा उनीसँग पाँच लाख रुपैया धरौटी माग भएको छ ।

त्यस्तै लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो ।

जेन-जी आन्दोलनपछि हतियार देखाउँदै गरेको भिडियो भाइरल हुन थालेपछि दावा स्वयम् प्रहरीको सम्पर्कमा पुगेका थिए ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेका उनीमाथि नागरिकता पनि अनुसन्धान गरेको थियो । तर उनको नागरिकतामै कैफियत देखिएपछि थप अनुसन्धान गरी नागरिकतासम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान सकेर प्रहरीले केही दिनअघि मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा अदालतमा दर्ता गरेको थियो । उक्त मुद्दाको थुनछेकपछि धरौटी आदेश भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ। भेटका क्रममा गृहमन्त्री अर्याल र महावरबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। छलफलका क्रममा महावरले प्रतिनिधि सभा ...
— फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले क्षेत्र नं १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेसको क्षेत्र नं १ को बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ जना, समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्र नं १ का ...
: नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण भव्यरुपमा सम्पन्न भएको छ। सोमबार आयोजित यस महोत्सवले विशेषगरी दुई देशबीच सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्नुको साथै दुई मुलुकबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उजागर गरेको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर,भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव ...
— आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र ४ बाट कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ । थापाले सर्लाहीबाट चुनाव नलड्ने उद्घोष गरे पनि उनको नाम सिफारिस गरिएको हो । क्षेत्र नं. ४ को बैठकले भने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ पार्टीका महामन्त्री गगनकुमार थापा र अहिले प्रदेशसभा सदस्य रहेका वीरन्द्रप्रसाद ...
ऊर्जामन्त्री कुलमानमाथि नैतिक प्रश्न