मुख्य समाचार
विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश
विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो।

सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो।


त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदै अलआउट भयो।

विराटनगरका लागि फाफ डु पेल्सिसले सर्वाधिक ३६ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। विराटनगरले पहिलो बलमा ओपनर साम हेजलेटको विकेट गुमायो। उनी स्कट केगुइलिनको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। दोस्रो विकेट मार्टिन गप्टिल २ रनमा रनआउट भए। तेस्रो विकेटको रूपमा नरेन भट्ट क्याच आउट भए।

पावरप्लेमा विराटनगरका दुई खेलाडी डकआउट हुँदा विराटनगरको ब्याटिङ धरापमा परेको हो। वसिर अहमदले १२ रन बनाए। २ जना खेलाडी डक र पाँच जना खेलाडी दोहोरो अंक नबनाई पेभेलियन फर्किए।

ब्याटिङ बलियो भएको विराटनगरको आज ब्याटिङ नचल्दा हार व्यहोरेको हो। अन्तिम विकेटको रूपमा सन्दीप लामीछाने ३ रनमा क्याच भए।

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ हर्मित सिंह, स्कट केगुइलिन र अभिनाश बोहोराले २–२ विकेट लिए। हेमन्त धामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारीले ६३ रन प्रहार गरे। उनले ५२ रनमा ३ चौका र २ छक्का प्रहार गरे।

सुदूरपश्चिमले पहिलो विकेटको रूपमा मुख्तर अहमदको विकेट गयो। मुख्तरले १० रन बनाए। दोस्रो विकेटको रूपमा सेल्डन ज्याक्सनको विकेट गयो। उनले २० रन बनाए।

तेस्रो विकेटको रूपमा इशान पाण्डे क्याच भए। उनलाई १२.५ औँ ओभरमा नरेन भट्टले ‘लङ अन’मा उत्कृष्ट क्याच गरे। उनले बाउन्ड्री नजिकै भएको बललाई एक हातले भित्र हाल्दै बाहिरबाट आएर सोही बल क्याच गर्दै इशानलाई पेभेलियन फर्काए। इशानले १३ रन मात्रै बनाए।

१३.३ ओभरमा दीपेन्द्र सिंह ऐरी रनआउट भए। उनी ३ रनमा मर्चेन्ट डी लाङ्गेको थ्रोमा विकेट किपर लोकेश बमले रनआउट गराए। उनले ओपनर विनोद भण्डारीसँग २ रन लिने दाउमा रनआउट भएका हुन्।

हर्मित सिंह १४ रनमा क्याच भए। आरिफ शेख २० रनमा बाउन्ड्रीमा क्याच भए।

स्टक केगुइलिन १ र मिलन बोहोरा ४ रनमा अविजित रहे।

विराटनगर किंग्सका लागि बलिङ तर्फ मार्चेन्ट डे लाङ्गे र प्रतिश जिशीले २–२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम