मुख्य समाचार
गोली प्रहार गरि हत्या गरिएको सम्बन्धमा तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा
गोली प्रहार गरि हत्या गरिएको सम्बन्धमा तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा

— राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरि हत्या गरिएको सम्बन्धमा तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

प्रहरीले थारुको मृत्यु भएको सम्बन्धमा तीन जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । घटनाका मुख्य अभियोगी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

प्रहरीले थारु रेष्टुरेन्टमा सील गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गोली हानी चौधरीको हत्या किन गरियो भन्ने बारेमा अहिलेसम्म प्रहरीले जानकारी दिएको छैन । उनको शव पोष्टमार्टम लागि नेपालगन्जमा राखिएको र रिपोर्ट आएपछि थप पुष्ट्याइँ हुने प्रहरीले जनायो ।

आफन्त भारतमा भएको र मंगलबारसम्म आइपुगेपछि पोष्टमार्टम गरिने प्रनि कार्कीले जनाए । प्रहरीले पक्राउ परेकाहरुको जानकारी पनि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...