मुख्य समाचार
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प

— देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् ।



२०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोधस्वरूप महासंघले मुलुकभर भन्सार सेवा अवरुद्ध गरेको हो । महासंघका अनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ ।

भन्सार ऐन, २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासंघले दण्ड–जरिवाना, इजाजतपत्र नविकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आइडी व्यवस्थापन, इन्कुट–आउट नोट प्रणाली, र मालवस्तु जाँचपासलाई इजाजत प्राप्त भन्सार एजेन्टमै सिमित गर्ने लगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो । तर लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको महासंघले आरोप लगाएको छ ।
महासंघले भन्सार जाँचपासमा निरन्तर देखिने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीका सर्भर समस्या, राजश्व भुक्तानी र क्वारेन्टाइनका जटिलता सम्बन्धमा भन्सार विभागलाई बारम्बार ध्यानाकर्षण गराए पनि समस्याको समाधान नभएको आरोप गरेको छ ।

पेनडाउन आन्दोलन आइतबार वीरगन्ज भन्सारबाट सुरु भएको थियो । दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्ण रूपमा ठप्प रह्यो भने तेस्रो दिन मंगलबार देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरू बन्द गरिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए ।

जाँचपास रोकिँदा मुलुकभरका भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको छ । महासंघले नयाँ भन्सार ऐनले सिर्जना गरेका समस्या र पेशासँग सम्बन्धित मागहरू सम्बोधन नभए थप मंगलबार नै आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...