मुख्य समाचार
टिकटक बनाउन खोज्दा नारायणीमा डुबेर एक युवक बेपत्ता
टिकटक बनाउन खोज्दा नारायणीमा डुबेर एक युवक बेपत्ता

— पूर्वी नवलपरासीको गैंडाकोटमा टिकटक भिडियो खिच्ने क्रममा एक युवक नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सोमबार साँझ करिब ५ बजेतिर गैंडाकोटस्थित नारायणी नदीमा भिडियो खिच्दै गरेका तरुण भण्डारी अचानक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालयकन अनुसार भण्डारी नारायणी नदीमा निर्माणाधीन पानीजहाज परियोजनामा कार्यरत मजदुर हुन्। उनले टिकटक बनाउन साथी शिव भट्टराईलाई आफ्नै मोबाइल दिएर भिडियो खिच्न लगाएका थिए।

भिडियो खिच्ने क्रममा एकाएक नदीमा पुगेका भण्डारी बेपत्ता भएपछि साथी र स्थानीयले खोजतलास गरे पनि फेला परेनन्। अहिले इलाका प्रहरी कार्यालय गैडाकोट र गोताखोर टोलीले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

बेपत्ता भएका २१ वर्षीय तरुण भण्डारी बैतडी निवासी हुन्। उनी गैडाकोट–८, कुशुमघाटस्थित राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमा काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीबिना देश विकास सम्भव नभएको बताए । यद्यपि, नेपालका निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘निर्माण व्यवसायीबिना ठूला काम सम्भव छैन । निर्माण व्यवसायीबिना ...
— राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरि हत्या गरिएको सम्बन्धमा तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले ...
— सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सरकारको नीतिभन्दा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडिएको बताए । 'ठेक्का तोड्ने सरकारको नीतिभन्दा पनि सार्वजनिक खरिद ऐन अनुसार हो,' उनले भने । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा बोहराले यस्तो बताएका हुन् । पूर्वतयारी नसकी ...
— दाेलखाकाे बिगु-१ लप्चीनजिकै निर्माणाधीन जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर एक जना मजदुरकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका-५ का शुक्रबहादुर राई रहेकाे प्रहरीले जनाएकाे छ । ५६ मेगावाटको सानिमा जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर बाबरी हाईड्राे कन्सट्रक्सनमा कार्यरत राईलाई साेमबार घाइते अवस्थामा धुलिखेल अस्पतालकाे शाखा दाेलखामा उपचारका लागि ल्याइएकाे थियाे । राईकाे ...
— प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मंगलबारको भेटमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा ...