मुख्य समाचार
५ लाख घुस लिने सघन सहरी आयोजनाका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर
५ लाख घुस लिने सघन सहरी आयोजनाका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर

— विशेष अदालतले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र विदुर कोइरालाको इजलासले दोषी ठहर गरेको हो ।



१ जेठ २०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई ५ लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अदालतमा बयानका क्रममा यादवले आफूले घुस लिएको स्वीकार गरेपछि अदालतले दोषी ठहर गरेको हो ।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि यादवले सेवाग्राहीसँग घूस मागेका थिए । सूचनाका आधारमा आयोगको टोलीले यादवलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थलीबाट उक्त रकमसहित पक्राउ गरेको थियो ।

उनीविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दामा फैसला सुनाउदै अदालतले दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरि हत्या गरिएको सम्बन्धमा तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले ...
— सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सरकारको नीतिभन्दा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडिएको बताए । 'ठेक्का तोड्ने सरकारको नीतिभन्दा पनि सार्वजनिक खरिद ऐन अनुसार हो,' उनले भने । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा बोहराले यस्तो बताएका हुन् । पूर्वतयारी नसकी ...
— दाेलखाकाे बिगु-१ लप्चीनजिकै निर्माणाधीन जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर एक जना मजदुरकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका-५ का शुक्रबहादुर राई रहेकाे प्रहरीले जनाएकाे छ । ५६ मेगावाटको सानिमा जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर बाबरी हाईड्राे कन्सट्रक्सनमा कार्यरत राईलाई साेमबार घाइते अवस्थामा धुलिखेल अस्पतालकाे शाखा दाेलखामा उपचारका लागि ल्याइएकाे थियाे । राईकाे ...
— प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मंगलबारको भेटमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा ...
— विश्वमा हाल ८ हजार मिटरभन्दा अग्ला जम्मा १४ वटा हिमाल छन् । तीमध्ये आठ वटा त नेपालमै पर्छन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण नेपालमा रहेका ८ हजार मिटरमाथिका हिमाल हुन् ।बाँकी ६ पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा पर्छन् । पाकिस्तानमा केटु, नंगा पर्वत, ग्यासहर्ब्रम पहिलो, ब्राड–पिक, ग्यासहर्ब्रम दोस्रो रहेका छन् ...