— सिरहामा झाडीभित्र एक किशोरीको शव फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका-२ स्कुल टोल छेउको नहरको झाडीमा सोमबार दिउँसो किशोरी शव फेला परेको हो ।
मृतक किशोरी कर्जन्हा-१ बल्टियाका सूर्यदेव वैद्यकी १८ वर्षीया छोरी अविना वैद्य हुन् । अहिले घटना मुचुल्का गर्ने काम भइरहेको र त्यसपछि शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किशोरीको हत्या भएको आशंका छ । यद्यपि, घटनाको अनुसन्धान भइरहेको र विस्तृत तथ्य अनुसन्धानबाटै खुल्ने जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।
'किशोरीको शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,' डीएसपी पालले कान्तिपुरसित भने, 'यद्यपि, घटनाको अनुसन्धान भइरहेकै छ, विस्तृत कुरा त्यसपछि खुल्छ ।'