मुख्य समाचार
नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ
नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ

— नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।



सर्वोच्च अदालतका न्यायाधीश शान्तिसिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार घिमिरेलाई सफाइ दिने फैसला सुनाएको हो ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पालामा घिमिरेविरुद्ध सर्वोच्च प्रशासनबाटै टिप्पणी उठाएर अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

सर्वोच्च अदालतका तत्कालीन उपरजिस्ट्रार र गोविन्दप्रसाद घिमिरेमार्फत अवहेलनाको प्रतिवेदनका आधारमा बारका अध्यक्ष घिमिरेविरुद्ध २०८१ असोजमा अवहेलना मुद्दा अघि बढाइएको थियो । सर्वोच्च अदालत प्रशासनले अगाडि बढाएको बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद घिमिरेविरुद्ध भ्रामक, आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको थियो ।
न्यायपरिषद्को २०८१ असोज ११ को बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए । तत्कालीन समयमा उनी बारको अध्यक्ष थिए । बार न्याय परिषद् नियमावली स‌ंशोधनको विरोधमा हुँदाहुँदै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस भएपछि घिमिरेले यस्तो अभिव्यक्ति दिएका थिए । त्यसपछि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दा बारले लिखित जवाफ पेस गरेर खारेज हुनुपर्ने पक्षमा वकालत गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संरक्षित वन्यजन्तु हात्तीको दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरण मुद्दाका फरार कैदी पक्राउ परेका छन् । भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका गोरखा सिरानचोक-८ का २२ वर्षीय सविन गुरुङलाई तीन महिनापछि प्रहरीले पक्राउ गरेको हो । सोमबार तार्केश्वर–मनमैजुबाट उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार ...
— भिजिट भिसाको आवरणमा नेपालीलाई विदेश पठाउने गिरोहसँग मिलेर किर्ते र संगठित अपराध गरेको अभियोग लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नौ अधिकृतसहितलाई जिल्ला अदालत काठमाडौंले दिएको सफाइविरुद्ध पुनरावेदन गर्न उच्च सरकारी वकिल कार्यालय पाटनले आनाकानी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले उच्च सरकारी वकिल कार्यालयलाई तीन साताअघि नै ‘पुनरावेदनको मस्यौदा’ सहित पत्र पठाए पनि ...
— सरकारले किसानले उत्पादन गरेको उखुको मूल्यमा ७० रुपैयाँले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको न्यूनतम मूल्य वृद्धि गर्नेदेखि गरिब परिवार सूचीकृतसम्मको निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षका लागि किसानले उत्पादन गरेको उखुको न्यूनतम मूल्य वृद्धि गर्ने निर्णय भएको हो । सरकारले आर्थिक ...
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभामा उनले यस्तो धारणा राखेका हुन् । उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्पष्ट पारेको उनले बताए। जबराले भने, ...
— प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएकी हुन् । यसै सन्दर्भमा उनले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरिन् ...