मुख्य समाचार
पतञ्जली जग्गामा भ्रष्टाचार : पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो
पतञ्जली जग्गामा भ्रष्टाचार : पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो

— पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।



पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुनविपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि जग्गा बिक्री गर्ने प्रस्ताव ल्याउन नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निर्देशन दिएका थिए ।

नेपाल मन्त्रिपरिषद्ले सोही प्रस्तावअनुसार जग्गा बिक्रीको बाटो खोलिदिएको थियो । तत्कालीन मन्त्री श्रेष्ठको भने गत वर्ष निधन भइसकेको छ । त्यसबेलाका मुख्य सचिव माधव घिमिरे पनि यस प्रकरणमा संलग्न थिए । १० वर्षअघि त्रिशूली नदीमा जिप दुर्घटना हुँदा उनी बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— संरक्षित वन्यजन्तु हात्तीको दाह्रा अवैध रूपमा ओसारपसार तथा बिक्री–वितरण मुद्दाका फरार कैदी पक्राउ परेका छन् । भदौ २४ गते केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा कैद सजाय भुक्तान गरिरहेका गोरखा सिरानचोक-८ का २२ वर्षीय सविन गुरुङलाई तीन महिनापछि प्रहरीले पक्राउ गरेको हो । सोमबार तार्केश्वर–मनमैजुबाट उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार ...
— भिजिट भिसाको आवरणमा नेपालीलाई विदेश पठाउने गिरोहसँग मिलेर किर्ते र संगठित अपराध गरेको अभियोग लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नौ अधिकृतसहितलाई जिल्ला अदालत काठमाडौंले दिएको सफाइविरुद्ध पुनरावेदन गर्न उच्च सरकारी वकिल कार्यालय पाटनले आनाकानी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले उच्च सरकारी वकिल कार्यालयलाई तीन साताअघि नै ‘पुनरावेदनको मस्यौदा’ सहित पत्र पठाए पनि ...
— सरकारले किसानले उत्पादन गरेको उखुको मूल्यमा ७० रुपैयाँले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको न्यूनतम मूल्य वृद्धि गर्नेदेखि गरिब परिवार सूचीकृतसम्मको निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षका लागि किसानले उत्पादन गरेको उखुको न्यूनतम मूल्य वृद्धि गर्ने निर्णय भएको हो । सरकारले आर्थिक ...
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभामा उनले यस्तो धारणा राखेका हुन् । उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्पष्ट पारेको उनले बताए। जबराले भने, ...
— प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएकी हुन् । यसै सन्दर्भमा उनले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरिन् ...