मुख्य समाचार
जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना
जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना

— प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्।



उनले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू पुष्पकमल दाहालको पछि नलागेको बताए । 'भ्रष्टाचारका विरूद्वमा र सुशासनका पक्षमा एवं पार्टी निर्माणका लागि मैले माओवादीमा रहुन्जेल सकेको संघर्ष गरेँ,' उनले भने, 'तर नेतृत्वले मेरो कुरा सुनेर सुधारको बाटोमा जानुको साटो उल्टै मलाई बदला भावले हेर्ने काम भयो र म नयाँ पार्टी निर्माण गरेर जनताको काम गर्न आएको छु।'

आफूलाई भागेको र बाटो बिराएको एवं जनतालाई धोका दिएको भन्ने आरोपको खण्डन गर्दै शर्माले आफू सधैँ जनताको साथमा रहेको र रहिरहने बताए । साथै उनले हरबखत रुकुमको विकास र समृद्धिको पक्षमा रहेर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रलोपाको सट्टामा माओवादी केन्द्र र पुरानै चुनाव चिह्न लिन खोजेको तर निर्वाचन आयोगले नदिएका कारण आँखा चुनाव चिह्न लिएर जनतामाझ आएको बताए । उनले भने, 'प्रलोपा वामपन्थी विचारधारा बोकेको कम्युनिस्ट पार्टी हो।'

साविक माओवादी केन्द्रमा हुँदा निर्विल्पक शक्तिशाली मानिएका जनार्दन शर्मा पार्टी विभाजनपश्चात धेरै नेता/कार्यकर्ताको संख्या एकताको पक्षमा गएपछि उनी रक्षात्मक अवस्थामा पुगेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनयता सबै निर्वाचनहरू जितेर जिल्लाको ठूलो दलका रूपमा स्थापित भएको तत्कालीन माओवादी केन्द्रको विभाजन त्यसमा पनि जनार्दन शर्मा नै उक्त एकता प्रक्रियामा सहभागी नभएपछि आसन्न निर्वाचनमा जनमत कसको पक्षमा हुने हो भन्ने चासो सबैतिर बढेको छ । यसकारण अगामी चुनावमा रुकुम पश्चिमबाट उम्मेदवार हुने जो कोहीलाई पनि सहज जित हात पर्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सिन्धुलीका सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई ...
— गत कात्तिक २३ गते कैलालीमा एकै दिन लागूऔषधसहित आठ जना पक्राउ परे । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका विभिन्न प्रहरी कार्यालयले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेका थिए । १८ वर्षीय किशोरदेखि ३१ वर्षीय वयस्कसम्मलाई विभिन्न स्थानबाट पक्राउ गर्दा उनीहरूका साथबाट १ ग्राम ३ सय ७० मलिग्राम खैरो हेरोइन बरामद भएको थियो । एकै दिन ...
— बुटवलमा आगामी पुस ३ गतेदेखि १७ सम्म १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा महोत्सव हुन लागेको हो । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको ...
— निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् । उक्त निर्वाचन ...
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनःस्थापित गरेको छ । प्राधिकरणको कार्यकारी निर्देशकबाट केपी शर्मा ओलीको नेतृत्वको तत्कालीन सरकारले आफूलाई हटाउँदा अन्याय भएको भन्दै जनसमर्थन पाएका कुलमान घिसिङले ऊर्जामन्त्री हुनासाथ शाक्यलाई त्यही शैलीमा हटाएका थिए । मन्त्री घिसिङको प्रस्ताव र सरकारको निर्णयलाई प्रतिशोधपूर्ण र स्वेच्छाचारी भन्दै सर्वोच्चले उल्टाइदिएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको ...