मुख्य समाचार
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि

— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका हुँदै २ खर्ब ८२ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत तथा तेस्रो मुलुकबाट आयात भएका छन् । गत आवको सोही अवधिमा २ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएका थिए । तुलनात्मक रुपमा गत आवभन्दा चालु आवको प्रथम चौमासिक अवधिमा ४१ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी आयात भएका छन् । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा इन्धन, सवारीसाधन, फलामजन्य वस्तु, मदिरा आदि रहेका छन् ।

निर्याततर्फ चालु आवको प्रथम चौमासिक अवधिमा ३२ अर्ब ९५ करोड रुपैयाँ बराबरको नेपाली मालवस्तु भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी भएका थिए । तुलनात्मक रुपमा गत आवको प्रथम चौमासिक अवधिको तुलनामा चालु आवको प्रथम चौमासिक अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी निकासी भएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट चालु आवको प्रथम चौमासिक अवधिमा यो नाकाबाट निकासी बढ्नुमा भारततर्फ नेपाली भटमासको तेल, सूर्यमुखीको तेल र प्रशोधित पामको तेलको निकासी बढनु नै प्रमुख कारण रहेको बताउँछन् । ‘यी तेलको भारततर्फको निकासी ह्वात्तै बढेर समग्र निकासी नै बढेको देखिएको हो,’ उनले भने, ‘सामान्य अवस्थामा भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने अन्य वस्तुको निकासी नियमित रुपमै भइरहे पनि यी तेलको निकासी भने उत्साहजनक रुपमा हुन थालेर यस्तो देखिएको हो ।’

यी तेलको निकासी बढ्दा राजस्वमा भने खासै योगदान नहुने विष्ट बताउछन् । ‘निकासी बढ्दा वैदेशिक मुद्रा भित्रिने क्रम पक्कै पनि बढ्द, तर यसले राजस्वमा भने खासै योगदान बढ्दैन,’ उनले भने, ‘निकासीको प्रत्येक कन्साइन्मेन्टको एउटा फारामको जम्मा १ सय १३ रुपैयाँका दरले राजस्व संकलन हुन्छ, निकासी प्रवर्धनका लागि यसो गरिएको हो ।’

कार्यालयको तथ्यांकअनुसार, चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १७ अर्ब ३२ करोड रुपैयाँ बराबरको ८ करोड ४० लाख लिटर भटमासको तेल भारततर्फ निकासी भएको छ । गत आवको यसै अवधिमा यो नाकाबाट २ अर्ब २ करोड रुपैयाँ बराबरको ८७ लाख ६४ हजार लिटर भटमासको तेल निकासी भएको थियो ।


चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै २ अर्ब ९ करोड रुपैयाँ बराबरको ३ करोड २४ लाख लिटर सूर्यमुखीको तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाका हुँदै १ अर्ब ११ करोड रुपैया बराबरको ६४ लाख ८९ हजार लिटर सूर्यमुखीको तेल निकासी भएको थियो ।

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ८५ लाख १४ हजार लिटर प्रशोधित पाम तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा ४ करोड रुपैया बराबरको २ लाख २३ हजार लिटर प्रशोधित पाम तेल भारत तर्फ निकासी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आयात उल्लेख्य बढेको गत आर्थिक वर्ष २०८२/८३ मा भन्सार राजस्व वृद्धि भने न्यून देखिएको छ । भन्सार विभागका अनुसार गत आव भन्सार राजस्व ६.५ प्रतिशतले मात्र बढेको छ । जबकि, यस आव वस्तु आयात १६.२० प्रतिशतले विस्तार भएको छ । यस वर्ष सरकारले कुल ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ बराबर भन्सार राजस्व बढाउने लक्ष्य ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा ...
। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षको आयमा गणना गर्न पाउने भएका छन् । सहकारीले गत आर्थिक वर्षमा उठ्नु पर्ने ब्याज साउन मध्यसम्म उठ्दा पनि आयमा समावेश गर्न पाउने भएका हुन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गत आर्थिक वर्षमा पाकेको तर चालु आवको साउन १५ गतेसम्म ...
। चालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो । खर्च नहुने विनियोजित बजेट आगामी चैत १५ सम्म मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ...
: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनु पर्ने सुझाव दिएका हुन् । बैठकमा उनीहरूले अनुसार पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम