मुख्य समाचार
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि

— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका हुँदै २ खर्ब ८२ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत तथा तेस्रो मुलुकबाट आयात भएका छन् । गत आवको सोही अवधिमा २ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएका थिए । तुलनात्मक रुपमा गत आवभन्दा चालु आवको प्रथम चौमासिक अवधिमा ४१ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी आयात भएका छन् । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा इन्धन, सवारीसाधन, फलामजन्य वस्तु, मदिरा आदि रहेका छन् ।

निर्याततर्फ चालु आवको प्रथम चौमासिक अवधिमा ३२ अर्ब ९५ करोड रुपैयाँ बराबरको नेपाली मालवस्तु भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको मालवस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी भएका थिए । तुलनात्मक रुपमा गत आवको प्रथम चौमासिक अवधिको तुलनामा चालु आवको प्रथम चौमासिक अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको मालवस्तु बढी निकासी भएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट चालु आवको प्रथम चौमासिक अवधिमा यो नाकाबाट निकासी बढ्नुमा भारततर्फ नेपाली भटमासको तेल, सूर्यमुखीको तेल र प्रशोधित पामको तेलको निकासी बढनु नै प्रमुख कारण रहेको बताउँछन् । ‘यी तेलको भारततर्फको निकासी ह्वात्तै बढेर समग्र निकासी नै बढेको देखिएको हो,’ उनले भने, ‘सामान्य अवस्थामा भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने अन्य वस्तुको निकासी नियमित रुपमै भइरहे पनि यी तेलको निकासी भने उत्साहजनक रुपमा हुन थालेर यस्तो देखिएको हो ।’

यी तेलको निकासी बढ्दा राजस्वमा भने खासै योगदान नहुने विष्ट बताउछन् । ‘निकासी बढ्दा वैदेशिक मुद्रा भित्रिने क्रम पक्कै पनि बढ्द, तर यसले राजस्वमा भने खासै योगदान बढ्दैन,’ उनले भने, ‘निकासीको प्रत्येक कन्साइन्मेन्टको एउटा फारामको जम्मा १ सय १३ रुपैयाँका दरले राजस्व संकलन हुन्छ, निकासी प्रवर्धनका लागि यसो गरिएको हो ।’

कार्यालयको तथ्यांकअनुसार, चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १७ अर्ब ३२ करोड रुपैयाँ बराबरको ८ करोड ४० लाख लिटर भटमासको तेल भारततर्फ निकासी भएको छ । गत आवको यसै अवधिमा यो नाकाबाट २ अर्ब २ करोड रुपैयाँ बराबरको ८७ लाख ६४ हजार लिटर भटमासको तेल निकासी भएको थियो ।


चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै २ अर्ब ९ करोड रुपैयाँ बराबरको ३ करोड २४ लाख लिटर सूर्यमुखीको तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाका हुँदै १ अर्ब ११ करोड रुपैया बराबरको ६४ लाख ८९ हजार लिटर सूर्यमुखीको तेल निकासी भएको थियो ।

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ८५ लाख १४ हजार लिटर प्रशोधित पाम तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा ४ करोड रुपैया बराबरको २ लाख २३ हजार लिटर प्रशोधित पाम तेल भारत तर्फ निकासी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ८ हजार ३ सय ३७ क्विन्टल धान खरिद गरेको छ । शाखा प्रमुख पंकजकुमार झाका अनुसार पुस ६ देखि धान खरिद सुरु गरिएकोमा एक महिनाको अवधिमा यति परिमाणमा धान खरिद भएको हो । शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गरिरहेको छ । किसानलाई २ सय ७५ ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ । न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडीको आंशिक गरी पुस मसान्तमा उक्त रकम बराबर किस्ता तिरेको नेवानिले जनाएको छ । त्यस्तै नेवानिले आफ्नो दीर्घकालीन ...
। नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा ...
: स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष स्याङ्जामा २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यसवर्ष १ अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। प्रति किलो औसतमा ५७ रुपैयाँका दरले मूल्यांकन गर्दा सो मूल्य आएको कार्यालयले जनाएको छ। ...
— अर्थ मन्त्रालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा सहमति दिएको छ । अर्थले लगानी मोडालिटीमा सहमति दिएसँगै थप प्रक्रिया अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । धादिङ र गोरखामा निर्माण हुने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) ...