मुख्य समाचार
सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप
सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप

— नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन्।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनका अनुसार २०३२ सालमा पञ्चायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि गाउँ फर्कने जसलाई टिकट दिन्छ, सोही व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे। सोही व्यवस्थालाई ओलीले अहिले पार्टीमा लागू गरेको उनको आरोप छ। उनले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको बताए। वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको दाबी गरे ।

पाण्डेले केपी ओलीकै नेतृत्वमा ७० वर्षे उमेर हद र दुई पटकभन्दा बढी पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गरे। आठौँ महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि नवौँसम्म चलेको उनको भनाइ छ। १० औँ महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचीमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औँ महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्‍याउन खोजेको आरोप लगाए ।

नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए। पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनतामाझ एमाले खुम्चिँदै गएको उल्लेख गरे। नेतृत्व चयनमा प्रतिस्पर्धा नहुने र माथिबाट तोकिएको सूचीमा नेतृत्व चयन हुने प्रचलन आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उनको दाबी छ।

चुनाव नहुने, प्रतिस्पर्धा नहुने, माथिबाट सूची बेचिने पार्टीमा किन आउने ? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए।

उनले भने, ‘उहाँ आफैँ (केपी ओली) ले अगुवाइ गरेर नेतृत्वको लोकतान्त्रीकरण कसरी गर्ने, पार्टीको लोकतान्त्रीकरण कसरी गर्ने भनेर दुई पटक र ७० वर्षको कुरा उनकै प्रस्तावमा, उन नै कार्यदलको संयोजक भएर पारित भएको हो। आठौँ महाधिवेशनमा हामीले सर्वसम्मत रूपमा पारित गरेर त्यसपछि निर्वाचन पनि हामीले एकदमै लोकतान्त्रिक ढंगले गर्‍यौँ। नवौँमा भयो, १० औँमा गएपछि उनले के भन्नुभयो भने पहिला को उठ्न पाउँछ, त्यो मात्रै मान्छेले उठ्न पाउने, एउटा सूची पास गर्ने र ती सूचीमा रहेका मान्छेले मात्रै चुनाव लड्न पाउने। यो त गाउँ फर्क शैली होइन र ? २०३२ सालमा गाउँ फर्क लागू भएपछि यही कुरा गरेको थियो। गाउँ फर्कने टिकट दिन्थ्यो, ती मात्रै मान्छे पञ्च भएर चुनाव लड्न पाउँथे। अरूले लड्न पाउँदैनथे।'


उनले कानुनमै राजनीतिक दलमा एक पटकभन्दा बढी नेतृत्व गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए। पुराना मात्रै नभई नयाँ राजनीतिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सिन्धुलीका सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई ...
— गत कात्तिक २३ गते कैलालीमा एकै दिन लागूऔषधसहित आठ जना पक्राउ परे । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका विभिन्न प्रहरी कार्यालयले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेका थिए । १८ वर्षीय किशोरदेखि ३१ वर्षीय वयस्कसम्मलाई विभिन्न स्थानबाट पक्राउ गर्दा उनीहरूका साथबाट १ ग्राम ३ सय ७० मलिग्राम खैरो हेरोइन बरामद भएको थियो । एकै दिन ...
— बुटवलमा आगामी पुस ३ गतेदेखि १७ सम्म १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा महोत्सव हुन लागेको हो । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको ...
— निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् । उक्त निर्वाचन ...
— प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्। उनले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू पुष्पकमल दाहालको पछि नलागेको ...