मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा सिन्धुलीका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्नेमध्ये १५ जनालाई प्रहरीले पक्राउ
जेनजी आन्दोलनका क्रममा सिन्धुलीका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्नेमध्ये १५ जनालाई प्रहरीले पक्राउ

: जेनजी आन्दोलनका क्रममा सिन्धुलीका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्नेमध्ये १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत भाद्र २३ र २४ गते देशैभरी भएको जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा पनि झण्डै एक दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो।


उक्त विध्वंसमा संलग्न मध्ये हालसम्म १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। कार्यालयमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले सरकारी सम्पति माथि तोडफोड र आगजनी गर्ने, लुटपाट गर्ने मध्ये हालसम्म १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएका हुन्।


पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका ६ का वर्ष २० का सुजन साह, सोही ठाउँका वर्ष ३६ का रत्नबहादुर श्रेष्ठ, कमलामाई नगरपालिका ५ का वर्ष ४७ का फौद थापामगर, तीनपाटन गाउँपालिका ४ का वर्ष ३० का सुजन गौतम, रामनगर गाउँपालिका ६, सर्लाहीका वर्ष २५ का पपु कुमार साह, कमलामाई नगरपालिका ५, सिन्धुलीका वर्ष २७ का रबन चौधरी, कमलामाई नगरपालिका १२ का वर्ष ३१ का क्षितिज श्रेष्ठ रहेका छन्।

यस्तै कमलामाई नगरपालिका ४ का वर्ष २४ का सविन लामा, गौशला नगरपालिका २, महोत्तरीका राजु महरा, भारत देश सितामढी जिल्ला घर भई हाल कमलामाई नगरपालिका ६ धुराबजार बस्ने वर्ष २२ का देवनंदन साह, कमलामाई नगरपालिका १२ का वर्ष २३ का डोर बहादुर सार्की, तीनपाटन गाउँपालिका ११ का वर्ष २५ का होम बहादुर लुङ्गेली, कमलामाई नगरपालिका ८ का ३४ वर्षका ओम बहादुर खत्री, मरिण गाउँपालिका ७ घरभई हाल कमलामाई नगरपालिका ४ धुराबजार बस्ने वर्ष ३० का कमल पाख्रिन र बर्दिबास नगरपालिका १४, महोत्तरीका ३५ वर्षिय हरिचन सोनार छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्। उनले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू पुष्पकमल दाहालको पछि नलागेको ...
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनःस्थापित गरेको छ । प्राधिकरणको कार्यकारी निर्देशकबाट केपी शर्मा ओलीको नेतृत्वको तत्कालीन सरकारले आफूलाई हटाउँदा अन्याय भएको भन्दै जनसमर्थन पाएका कुलमान घिसिङले ऊर्जामन्त्री हुनासाथ शाक्यलाई त्यही शैलीमा हटाएका थिए । मन्त्री घिसिङको प्रस्ताव र सरकारको निर्णयलाई प्रतिशोधपूर्ण र स्वेच्छाचारी भन्दै सर्वोच्चले उल्टाइदिएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको ...
— पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको अख्तियारले ठेक्कापछि निर्माणका क्रममा ०७४ देखि ०७९ सम्म भएको अनियमिततालाई लिएर पूरक अनुसन्धान सुरु गरेको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको हो । विमानस्थल ...
— एमाले सचिव योगेश भट्टराईले एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने समयमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सक्रिय राजनीतिबाट अवकाश लिनुपर्ने बताएका छन् । ओली २०७१ सालेदेखि निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै जेन-जी विद्रोहपछिको बदलिँदो परिस्थितिमा नेतृत्व रुपान्तरण गर्नैपर्ने उनले बताएका छन् । काठमाडौं पोस्टसँग कुरा गर्दै उनले भने, 'फेरि पनि केपी ओली नै अध्यक्ष भएर गएको ११-१२ ...
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताएका छन् । सोमबार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्‍याउने अभियानमा गोलबद्ध हुनसमेत सबै युवाहरूलाई आग्रह गरे । आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने ...