मुख्य समाचार
डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप
डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप लगाएका छन् । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच मियामीमा तीन दिन चलेको वार्ता शनिबार सम्पन्न भएको थियो ।



वार्तापछि ट्रम्पले शान्ति प्रस्तावमा हस्ताक्षर गर्नका लागि जेलेन्स्की तयार रहेको बताए । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि लागि निकै मेहिनत गरेको भएपनि जेलेन्स्कीले यसमा साथ नदिएको उनको आरोप छ ।

आइतबार राति पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्तालाई रोकेर राख्न खोजेको आरोप लगाए । ‘राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म प्रस्ताव नै पढेका छैनन् । यसले मलाई थोरै दुखी तुल्याएको छ । उनका जनता शान्ति प्रस्तावलाई रुचाउँछन् । मेरो बुझाईमा रुसले पनि रुचाउँछ । तर, म विश्वस्त हुन सकिरहेको छैन कि जेलेन्स्की पनि यसलाई रुचाउँछन् । उनी यसका लागि तयार भइसकेका छैनन् ।’

यता अमेरिकाले राम्रो नियत राखेर शान्ति वार्ताका लागि प्रयास गरिरहेको भन्दै जेलेन्स्कीले सराहना गरेका छन् । युक्रेनले अमेरिकासँग मिलेर काम गर्ने उनले बताएका छन् । युक्रेन सधैं शान्तिको पक्षमा रहेको पनि उनले बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिलेसम्म् ह्वाइटहाउसको शान्ति योजनालाई सार्वजनिक रुपमा स्विकारिसकेका छैनन् । गत साता उनले ट्रम्पको प्रस्ताव काम लाग्दो नरहेको समेत बताएका थिए ।

रुस र युक्रेनबीचका पछिल्ला वार्ता प्रयासहरु भूमी र सुरक्षा वातावरणको सवालमा गएर अड्किएका छन् । युद्धमा कब्जा गरेका भूभाग आफुसँगै रहनुपर्ने रुसको माग छ । जसलाई युक्रेनले स्विकारेको छैन । नाटोमा सहभागी नहुने प्रतिवद्धता युक्रेनले जनाउनुपर्ने पनि रुसको माग छ । यता, युक्रेनले भविष्यमा रुसबाट आक्रमण नहुने ग्यारेन्टी खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...
: भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको ...