मुख्य समाचार
सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो- मन्त्रीको प्रस्ताव प्रतिशोधपूर्ण देखियो
सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो- मन्त्रीको प्रस्ताव प्रतिशोधपूर्ण देखियो

: सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले ऊर्जा आयोगको विशेषज्ञको रूपमा सरुवा गर्ने निर्णय बदर गरेको हो।

सर्वोच्चको आदेशसँगै शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःस्थापित हुने भएका छन्। सर्वोच्च अदालतले विभागीय मन्त्रीको प्रस्ताव नै प्रतिशोधपूर्ण रहेको आदेशमा उल्लेख गरेको छ। 'नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनु पर्दा नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक या महाप्रबन्धकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियावली २०६१ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रकृया र आधारमा हटाउन सकिनेमा सो बमोजिमको कुनै पनि प्रकृया अवलम्बन नगरी उक्त पदबाट हटाएको देखिँदा निजलाई सो पदबाट हटाउने विपक्षी विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रह र प्रतिशोधपूर्ण देखिन आयो। त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न मिलेन,' आदेशमा भनिएको छ।


यस सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०६/०५ को निर्णय पूर्वपठित कानूनी व्यवस्था निजसँग गरिएको कार्यसम्पादन सम्झौता तथा यस अदालतबाट विभिन्न मुद्दामा पटक-पटक व्याख्या भई प्रतिपादित न्यायिक सिद्धान्तसमेतको प्रतिकूल देखिँदा मिति २०६२/०६/०५ को निर्णय तथा सो निर्णयका आधारमा गरिएको कामकारबाही र पत्राचारसमेत उत्प्रेषणको आदेशले बदर भई यी रिट निवेदकलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पूर्ववत् काम कारबाही गर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा परमादेशसमेत जारी हुने आदेशमा उल्लेख छ। आदेशको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकाले संक्षिप्त आदेश जारी गरिएको सर्वोच्च अदालतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्। उनले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू पुष्पकमल दाहालको पछि नलागेको ...
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनःस्थापित गरेको छ । प्राधिकरणको कार्यकारी निर्देशकबाट केपी शर्मा ओलीको नेतृत्वको तत्कालीन सरकारले आफूलाई हटाउँदा अन्याय भएको भन्दै जनसमर्थन पाएका कुलमान घिसिङले ऊर्जामन्त्री हुनासाथ शाक्यलाई त्यही शैलीमा हटाएका थिए । मन्त्री घिसिङको प्रस्ताव र सरकारको निर्णयलाई प्रतिशोधपूर्ण र स्वेच्छाचारी भन्दै सर्वोच्चले उल्टाइदिएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको ...
— पोखरा विमानस्थल बनाउन भएको ठेक्का सम्झौतासम्मको ‘भ्रष्टाचार’ मा ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५६ विरुद्ध मुद्दा दायर गरिसकेको अख्तियारले ठेक्कापछि निर्माणका क्रममा ०७४ देखि ०७९ सम्म भएको अनियमिततालाई लिएर पूरक अनुसन्धान सुरु गरेको छ । विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । अख्तियारले निर्माणमा भएको यही हिनामिनामाथि अनुसन्धान थालेको हो । विमानस्थल ...
— एमाले सचिव योगेश भट्टराईले एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने समयमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सक्रिय राजनीतिबाट अवकाश लिनुपर्ने बताएका छन् । ओली २०७१ सालेदेखि निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै जेन-जी विद्रोहपछिको बदलिँदो परिस्थितिमा नेतृत्व रुपान्तरण गर्नैपर्ने उनले बताएका छन् । काठमाडौं पोस्टसँग कुरा गर्दै उनले भने, 'फेरि पनि केपी ओली नै अध्यक्ष भएर गएको ११-१२ ...
— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताएका छन् । सोमबार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्‍याउने अभियानमा गोलबद्ध हुनसमेत सबै युवाहरूलाई आग्रह गरे । आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने ...