: कालिका गाउँपालिका- ५ मा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । सोमबार बिहान ७:३० बजे बारीमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेर कालिका गाउँपालिका-५ जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका ५ खाल्चेतका मानबहादुर थिङ घाइते भएका हुन् ।
थिङलाइ जिवजिवेबाट खाल्चेत जाने बाटोमा जङ्गली भालुले आक्रमण गरेर घाइते भएको लाङटाङ राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठले बताए।
थिङको शरीर भरी चोट लागेको छ । घाँटी, टाउको र देब्रे कानमा चोट लागेका गजुरेल गम्भीर घाइते देखिएको र दुवैलाई उपचारका लागि काठमाडौं पठाउन लागेको प्रहरीले जनाएको छ ।