मुख्य समाचार
सुडानमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित ५० जनाको मृत्यु
सुडानमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित ५० जनाको मृत्यु

: सुडानको कालोकी शहरमा रहेको एक बालवाडीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ।

सुडानको डाक्टर्स नेटवर्क र सेनाले बिहीबारको आक्रमणका लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाएका छन्। आरएसएफबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

अर्धसैनिक समूहले यसको विपरीत सेनालाई शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। यसमा चाडसँगको आद्रे सीमा क्रसमा रहेको बजार र इन्धन डिपोलाई लक्षित गरिएको थियो।

सुडान अप्रिल २०२३ देखि गृहयुद्धको चपेटामा परेको छ। आरएसएफ र सेनाबीच शक्ति संघर्ष चलिरहेको छ। यी दुई पहिले सहयोगी थिए भने अहिले एकअर्काविरुद्ध लडिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आफ्नै छोरालाई चक्कु प्रहार गरी भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) पक्राउ परेका छन्। डोटी घर भइ हाल सिनामंगलमा बस्दै आएका २९ वर्षीय (असइ) पुष्कर कार्कीलाई प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आफ्नै छोराको हत्या गरी भाग्दै गरेका कार्कीलाई थानकोटबाट पक्राउ गरिएको जानकारी दिए। बिरामी छोराको उपचारका विषयमा कार्की ...
: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले जनमत संग्रहको माग गरेका हुन्। त्यस सम्बन्धमा प्रधानमन्त्री कार्कीले पुस २ गते निर्णय सुनाउने प्रसाईंले जानकारी दिए। 'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं। प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले भने। उनले प्रधानमन्त्री कार्कीले ...
: निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले आज विज्ञप्तिमार्फत यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको हो। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने बताए। आगामी फागुन २१ गते ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...